ताप्लेजुङ/ जिल्ला समन्वय समितिको १ नम्बर प्रदेशका प्रमुख र उप–प्रमुखले पाथीभरा जाने करिब १२ किलोमिटर कच्ची बाटोमा चासो दिएका छन् ।

आईतबार पाथिभराको चुचुरोमा बसेको प्रमुख र उपप्रमुखको सातौँ बैठकले केवलकार निर्माणको कामलार्इ गति दिन माग गरेका छन् । प्रदेशको सातौं बैठकले कालोपत्रेका लागि केन्द्र सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । निर्णय सार्वजनिक गर्दै प्रदेश संयोजक बबि चाम्लिङले पाथिभराको पर्यटन प्रबद्र्धनका लागि पनि यो अति आवष्यक र चाँडो हुनुपर्ने बताए ।

३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै चाक्लिङले सुकेटार देखि काफ्लेपार्टी सम्मको सडक कालोपत्रेकालागि केन्द्र सरकारको ध्यानाकर्षण गराउने निर्णयपनि गरेको हो । १२ किलोमिटरको यो सडक निर्माणकालागि सरकारले ६ करोड रुपैंया यसअघि नै छुट्याइएको थियो । तर काम हुन नसकि अलपत्र परेको छ । बैठकले पाथीभरालार्इ बिश्व सम्पदा सूचीमा सूचीकृत गर्न मागगर्ने निर्णयपनि गरेको छ । चाम्लिङले भने,‘बिश्वव्यापी रुपमा यसकाे प्रचार भएकाले हामीले आवश्यकता महसुस गर्यौं ।’

यस्तै बैठकले निमार्ण हुन लागेको पाथिभरा केवलकारलाई पनि चाँडो निमार्ण गर्न माग गरेका छन् । पाथीभरामा रहेको खानेपानीको समस्या समाधानका लागि तीनै तहको ध्यानाकर्षण गराउने निर्णयपनि बैठकले गरेको छ । बार्षिक लाखौं पर्यटक जानेस्थानमा पानीको व्यवस्थापनमा सरकारको ध्यान जानु पर्ने चाम्लिङले बताए । राष्ट्रियगान गाएर सुरु भएको बैठक छोटो अवधिमै सकिएको थियो ।

प्रवत्ता टंक चौहानले भने ४५ मिनेट बैठक बसेको बताए । भेलामा ११ जिल्लाका प्रमुख र उप–प्रमुखको सहभगिता रहेको ताप्लेजुङका प्रमुख घनेन्द्र मादेनले बताए । मोरङ, सुनसरी र ओखलढुङगाका संयोजक भने स्वास्थ्य र अन्य कारणले सहभागी हुन नसकेको उनले जानकारी दिए । सहभागीलाइ पाथीभरा सद्धभाव दुतपनि बनाइएको छ ।