बुटवल / नेपाल आइसको मुख्य प्रायोजनमा नेपाल आइस प्रादेशिक संगीत यात्रा - बुटवलबाट  शुरू हुने भएकाे  ।  सात वटै प्रदेशको मुख्य सहरमा आयोजना गर्ने तयारी गरिएको कार्यकर्मको सुरुवात प्रदेश न . ५ को बुटवलबाट हुन लागेको हो ।  कार्यक्रम आउँदो चैत्र ९ गते  शनिबार बुटवलको बुटवल मण्डपको चौरीमा आयोजना हुनेछ ।
नेपाली संगीत क्षेत्रका नयाँ पुराना प्रतिभाहरुलाई सम्मिलित गराई आयोजना गरिने बिसुद्ध सांगीतिक कार्यक्रममा 
२ दशकदेखि नेपाली संगीतका देश- विदेशका श्रोता -दर्शकहरु माझ आफ्नो पहिचान बनाइ रहन सफल  चर्चित सांगीतिक समुह कन्दराको बिशेष प्रस्तुति रहने  स्थानीय आयोजक भक्त गलामीले बताए ।
बुटवलमा नै कन्दराको १२ बर्ष पछिको स्टेज सो आयोजना हुदैछ । लेककी हे माया , हंगकंग पोखरा  , बिदेशिएर गइन उनी , तिमि पारि त्यो गाउँमा , कता हिडेकी , फुल्चोकिको डाडैमा , जस्ता थुप्रै चर्चित तथा सदाबहार गीतहरुसंगै कन्दरा ब्याण्ड र यस ब्यान्डका मुख्य भोकलिस्ट बिबेक श्रेष्ठ बुटवलको स्टेजमा देखा पर्दैछन । 
संगीत क्षेत्रमा पुन सक्रिय कन्दरा ब्यान्डले गएको असोजमा धरान , दमक , बिर्तामोडमा धमाकेदार प्रस्तुतिले सबैको मन जित्न सफल भएको थियो  । बुटवलका श्रोता र दर्शकबाट   पनि राम्रो साथ् पौने आश गरेको गायक बिबेक श्रेष्ठ बताउछन्  । 
नेपाल  आइस प्रादेशिक संगीत यात्रा - बुटवलमा  कन्दरा ब्याण्ड संगै बुटवलकै स्थानीय प्रतिभा तथा चर्चित गायन रियालिटी सो नेपाल आइडल -२ मा पाचौ स्थानमा आउन सफल गायक अमित बराल संगै स्थानीय ब्याण्ड अमेध्यको पनि प्रस्तुति रहनेछ  । 
स्थानीय बुटवल युवा   परिवार र ताम्रिंग म्युजिक सेन्टरको सहभागितामा  सिल्भर इन्टरटेनमेन्ट धरानले कार्यक्रम आयोजन गर्ने संस्थाका निर्देशक शाैरव श्रेष्ठले जानकारी दिए  । 
उनका अनुसार प्रदेश १ काे  विराटनगर, २ काे जनकपुर, ३ काे  चितवन, गण्डिकी प्रदेशकाे पाेखरा, ६ नं प्रदेशकाे सुर्खेत र कर्णाली प्रदेशकाे धनगडीमा हुने छ ।