इटहरी/ घरखर्च चलाउन केही पैसा लिएर भएभरका जग्गा बन्धकी दिएका इटहरीका ठाकुर परिवारमा अहिले रुवावासी छ । दुई वर्ष भित्रमा फिर्ता गर्ने गरी साहूको नाममा कागज गरी जग्गा बुझाएका उनीहरू सम्पत्ति भएरै पनि सुकुमबासी बन्ने अवस्थामा पुगेका छन् ।

आफ्नो नाममा साडे १२ धुर जग्गा गुम्न थालेपछि अहिले इटहरी देवचन्द्र ठाकुर परिवारमा चैन छैन । ०७० इटहरीकै तिलक दाहालको श्रीमती पूर्ण माया दाहाल सँग ऋण दिने भन्दै जग्गा कागज गरेर पास गरेको दिए पनि अहिले आफ्नो जग्गा पास भईसक्यो दिन्न भन्दै झुलाउँने गरेको ठाकुर बताउँछन् । उनी भन्छन् करीब डेढ करोडको जग्गा २५ लाखमा राखेको तर अहिले सम्म फिर्ता गर्ने नमान्दा आफु सुकुम्बासी हुन लागेको बताए ।

ऋण लिँदै २४ प्रतिशत ब्याज दिने सहमती अनुसार ३० लाख एकमुष्ट कागज गरेको बताए । फिर्ता गरेपछि जग्गा आफ्नै नाममा आउने गरी घरायसी कागज गरेका थिए । उनीहरूले मालपोत कार्यालयको प्रक्रिया पूरा पनि गरे । तर, जग्गा राजीनामा पास भएको अहिले आएरमात्र पत्तो पाए उनले दुखेसो गदै भने । अहिले मेरो छोरा र श्रीमतीहरुले मलाई तनाब दिइरहेका छन जग्गा फिर्ता दिदैनन् उनी भन्छन् ।

२५ लाख रुपैया लिएर साथी श्याम चौधरी सँग अर्को जग्गा किर्ने सहमती भए पनि साथी चौधरीले २५ लाख लिएर बेवत्ता भए । मेरो वेहाल भयो उनले भने । अर्को जग्गा निकाल्ने भनेर महङो ब्याजमा पैसा लिए पैसा लिएर साथी भाग्यो जग्गा साहुले पच बनाउँन खोजेको भन्दै आफु अन्यायमा परेको उनको गुनासो थियो । इटहरीको सानो जनता मावि सँगै जोडिएको जग्गा साहुले खाए पछि आफुहरु अन्यायमा परेको उनी बताउँछन् ।

२५ लाख जग्गा धितोमा राखेको पैसा लिएर फरार भएका श्याम चौधरी अहिले सम्पर्कमा समेत नआएको उनको गुनासो छ । जग्गा राख्नेले सावाँ, ब्याज फिर्ता गरेपछि पुनः तपाईंकै नाममा फिर्ता गर्नेछु भनी कागज गरेका छन् ठाकुरले भने । कागज गरेकोे कागज बोकेरहिड्नुको विकल्प छैन उनी भन्छन् । मैले पैसा पनि चलाउँन पाईन जग्गा पनि पाईन बोल्ने कोही नहुदा आफु लामो समय देखि पिडित भएको उनको गुनासो छ । यस्तो दिन आउला भन्ने सोचेको पनि थिइनँ उनले भने सोझो मान्छेहरूलाई फसाए ।

देवचन्द्रकी श्रमती शोभा ठाकुरले पुःन जिल्ला अदालतमा मुद्धा दायर गरेकी छिन् । छोरा छोरीलाई समस्या परेको भन्दै जग्गा फिर्ताको माग गदै मुद्धा दायर गरेकी हुन् । हामीलाई अन्याय भएको कारण अदालतसम्म पुग्न बाध्य भए उनले भनिन् । पछाडि परिसकेकाले फिर्ता पाउन गाह्रो रहेको बताउँछन् । हामीले सुरु देखि नै ब्याज तिर्ने तयार हुदा पनि फिर्ता नगरे पछि आफुहरु समस्यामा परेको उनीहरुको गुनासो छ ।

यता जग्गा धितो राखेको तिलक दाहालले भने पाँच  वर्ष देखि ब्याज नदिएको बताए । उनले भने मलाई लामो समय देखि ब्याज दिएको छैन राजिनामा पास गराई सकेको छु । मैले जग्गाको कर समेत तिर्ने थालेको छु उनले भने । मलाई जालझेल झेल भईरहेको छ दाहालले भने ।