‘ पचेन कम्युनिष्ट सरकार, शुरू भयाे राजतन्त्र ल्याउने खेल’

alt
  • माघ २६, २०७५
  • ४४२ पटक पढिएको
  • रासस

खस्यौली /  राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशी शक्ति केन्द्रले कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल सुरु भएको बताएका छन ।  

आज बुटवलमा प्रगतिशील पत्रकार मञ्चले आयोजना गरेको पत्रकार भेटघाटमा उनले गणतन्त्र, धर्मनिरपेक्ष, समावेशीकरणलगायतका उपलब्धिको संरक्षण नगरे राजतन्त्र फकर्ने र त्यो पनि नसके निरङ्कुशता ल्याउने प्रपञ्च भएको बताए ।  

अध्यक्ष केसीले सङ्घीय प्रणालीले मुलुक अस्तव्यस्त भएकाले विदेशी हस्तक्षेप बढेको उल्लेख गर्दै गणतन्त्रमाथि कालो बाँदल मडारिएको बताए । राजनीतिक दलले हरेक ठाउँमा भागबण्डा गरेर भ्रष्टाचारलाई प्रोत्साहित गरेको आरोप लगाउँदै उनले नीतिगत भ्रष्टाचार अहिले झन बढेको दाबी गरे । 

मुलुकमा रेमिट्यान्स भित्र्याएर तीन तहको सरकार सञ्चालन नहुने उल्लेख गर्दै अध्यक्ष केसीले सङ्घ र स्थानीय तहबाहेक प्रदेशको कुनै भूमिका नभएको जिकिर गरे । 

मोरङ धनपालथानमा आगला

धरान । मोरङ धनपालथान गाउँपालिका–४ का मोहम्मद समीर

पूर्वाञ्चल सिङ्गिङ स

धरान । पूर्वाञ्चल सिङ्गिङ स्टार सातौं संस्करणको सेमिफाइ

वीपी प्रतिष्ठानमा यस

धरान / दक्षिण एसिया कै नाम चलेको उत्कृष्ट अस्पताल भनेर

स्वागत झरना इलामको न

बिर्तामोड/ इलामका पर्यटकीय क्षेत्र भ्रमणका लागि धेरैजसो


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved