सिरहा/ सिरहा जिल्लाको जनघनत्व बढेसँगै मासुके माग बढेपिछ अव्यवस्थित रुपमा मासु पसल खोल्ने क्रम पनि बढेको छ । यस्ता पसलले सर्व साधारणाके स्वाथ्यमा खेलवाड गरिएका खबर आईरहँदा नतः अनुगमन हुन्छ न कारवाही भएको देखिदैन ।

सिरहा जिल्लाको विभिन्न स्थानमा खुलेका अधिकांश मासु पसल अव्यवस्थित रुपमा न्यूनतम मापदण्ड पनि पुरा नगरी संचालनमा रहेको पाइएको छ । ती मासु पसलहरुबाट उपभोक्ताको स्वास्थ्यमाथि चरम खेलवाड गरेको पाइएको छ ।

यता मासु राखेको ठाउँ फोहोर युक्त पाइएको छ । भने मासु पसलेहरुले डिजिटल तौल मेसिन प्रयोग नगरी उपभोक्तालाई ठगिरहेको स्थानियहरुको भनाई रहेको छ ।

उक्त कार्यको अनुगमन जिल्लामा प्रशासन र जिल्ला पशुसेवा कार्यालय तथा स्थानीय तहको पशु विभागको नेतृत्वमा अनुगमन हुन प्रर्वद्धान रहेपनि यसको कार्यान्वयन भने शुन्य जस्तै देखिन्छ । जिल्लाका अधिकांस मासु पसलले दर्ता प्रकृया, मापदण्ड पुरा गरेका छैनन भने सरसफाईमा समेत ध्यान दिएका छैन ।

सरकारी उदाशिनता र व्यवसायीको लापरवाहीका कारण उपभोक्ताहरु दुषित मासु खान बाध्य भएका छन्। यता ङरेलु तथा साना उधेग कायार्लय लहानका अनुसार हाल सिरहा जिल्लामा कती मासु तथा साना उधेगहरू सञ्चालनमा रहेका त्ये भन्न सकिन्न ।

२०५५ सालमा बनेको मासु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयन नहुँदा दुषित मासु किनवेच हुने गरेको हो । ऐनमा भएका व्यवस्थाहरु कागजमै सिमित हुँदा उपभोक्ताहरु अस्वस्थकर मासु उपभोग गर्न बाध्य छन । यता गेलबजार नगरपिलकाद्वारा गेलबजार नगरभित्रका मासु पसलहरू अनुगमन गर्रदा अधकांश मापदणड वपिरत सञ्चालनमा रहेका थए ।