मधुमल्ला/माघी महोत्सवको अवसर पारेर मोरङको मिक्लाजुङमा जारी मिक्लाजुङ स्तरिय भलिवल प्रतियोेगिताको उपाधी तोरीबारी भलिवल समुहले हात पारेको छ ।

नेपाल आदीवासी जनजाती महाँसंघ मिक्लाजुङ गाउँ समन्वय परिषद मिक्लाजुङले माघि पर्व महोत्सबको अवसरमा संचाचिल मिक्लाजुङ स्तरीय भलिवल प्रतियोगिताको उपाधी तोरीवारी भलिवल समुहले जित हात पारेको छ । मंगलबार मिक्लाजुङ–७ मधुमल्लामा संचालित फाइनल खेलमा रमिते भलिवल समुह लाई तोरीबारीले दोस्रो सेटमा २५–१५ चौंथो सेटमा २५–२३ र पाँचौं सेटमा १५ –११ को अन्तरले हराउँदै उपाधी माथि कब्जा जमायो ।

प्रति उत्तरमा रमितेले पहिलो सेटमा २५–२० र तेस्रो सेटमा २५–२३ फर्कायो । खेलमा प्रथम र द्धितिय हुनेलाई क्रमशः नगद ७ हाजार, ४ हजार र प्रमाण पत्र वितरण गरिएको खेल संयोजक देउमान तामाङले बताए ।