पथरीशनिश्चरे / तेस्रो मुलुक पुनर्वास भएका भूटानी साहित्यकारहरुले आफ्नो भाषा साहित्यको प्रवद्र्धनमा सक्रियता देखाइरहेका छन् । जस अन्तर्गत साहित्य परिषद भूटानको गतिविधिमार्फत ८ वटा देशमा आफ्नो भाषा साहित्यको विस्तार गरिरहेका छन् ।
जहाँ पुगेपनि आफ्नो चिनारी जोगाउने नेपाली भाषा र साहित्यको जगेर्गामा लागेको परिषदको नयाँ समिति चयन गरेर यसको सक्रियता थप बढाउने उनीहरुले योजना बनाएका छन् । अमेरिका लगायतका ८ राष्ट्मा पुनर्वास भएका भूटानी साहित्यकारहरुले ओहायो अमेरिकामा रहेका गंगाराम लामिटारेलाई नै पुनः परिषदको अध्यक्ष चुनेका छन् । कोषाध्यक्षमा अमेरिकाको भर्जिनियाका लक्ष्मण भण्डारी, अमेरिकाकै मिनेसोटाका खिम खतिवडालाई पाठ्यक्रम विकासको निर्देशक तथा क्यानडा निर्देशकमा खगेन्द्र गौतम र अष्ट्ेलिया निर्देशकमा दुर्गा रिमाललाई चयन गरिएको छ । उपाध्यक्ष, सचिव, केही विभागका निर्देशक आदिको चयन बाँकी रहेको नयाँ अध्यक्ष लामिटारेले सामाजिक सञ्जालको सम्पर्कमा वताए । युरोप, नेपाल, भारत, भूटान आदिका प्रतिनिधि पनि छानिन वाँकी छन् । ‘तेस्रो मुलुक पुनस्र्थापनापछि अंग्रेजीमाध्यमले काम गर्न सजिलो भए पनि कालान्तरमा आफ्नो चिनारीका लागि नेपाली बचाउन जरूरी हुने भएकाले परिषद् यसतर्फ जुट्ने छ,’ अध्यक्ष लामिटारेले भने । मुख्य रूपमा भाषा संरक्षणमा नै जुट्नु आवश्यकता भएको उनको बुझाई छ ।

सन् १९९३ मा स्थापित साहित्य परिषद्, भूटान भूटानी साहित्यको सबैभन्दा जेठो संस्था हो । स्थापना हुँदा यसको नाम नेपाली भाषा परिषद्, भूटान थियो । शिविरमा परिषद्को परिकल्पना भारतस्थित ‘नेपाली साहित्य प्रचार समिति’ जस्तो गरिएको थियो । शिविरमा यसले १० हजारलाई साक्षर बनायो । सन् २००४ मा यस संस्थालाई नेपाली साहित्य परिषद्, भूटानमा रूपान्तरण गरियो । यसलाई सन् २०११ मा भूटान साहित्य परिषद्का रूपमा रुपान्तरित गरियो । सन् २०१४ को डिसेम्बरमा साहित्य परिषद्, भूटानले नयाँ निर्देशक–मण्डली (बोर्ड अफ् डाइरेक्टर्स) र कार्यसमितिसहितको नयाँ नेतृत्व चयन गरेको थियो । संस्था ओहायोमा गैरनाफामुखी संस्थाका रूपमा दर्ता छ । ‘यहाँ जन्मिएका हाम्रा सन्ततीले त पूर्खाको पहिचान विर्सिन सक्छन् । त्यही भएर हामी जहाँ पुगेपनि आफ्नो भाषा, साहित्य र संस्कृतिको पहिचान जोगाउन लागिरहेका छौं ।’– परिषदमा लामो सम

bhutani sahitya

य आवद्ध साहित्यकार भोलानाथ शिवाकोटी ‘पुरानाघरे’ले भने ।
परिषद्ले गत जून ९ र १० मा ओहायो राज्यको सिन्सिन्याटीमा भूटानी साहित्य महोत्सव तथा साहित्य परिषद, भूटान सम्मेलन आयोजना गरेको थियो । सम्मेलनले शिवलाल दाहाललाई परिषद्को अन्तरिम नेतृत्व दिएको थियो ।

दमक प्रज्ञा प्रतिष्ठान
झापाको दमक नगरपालिकाले भाषा, कला र साहित्यका प्रवद्र्धनका लागि नगरका सर्जकहरुबाट ‘दमक प्रज्ञा प्रतिष्ठान’ खडा गरेको छ । प्रतिष्ठानको अध्यक्षमा हेमनाथ अधिकारी, उपाध्यक्षमा जीवन गुरुङ र सचिवमा विष्णु न्यौपाने तथा सदस्यमा धनञ्जय वास्कोटा, धनकुटे कान्छा, मच्छिन्द्र राई, डिकेश लामा, कमला खनाल र बाला भट्टराई चयन भएका छन् ।
नगर क्षेत्रका साहित्य र कला विधाको प्रवद्र्धनका लागि समितिले कार्ययोजना बनाएर जाने प्रतिष्ठानका सचिव विष्णु न्यौपानेले जनाए ।