विजयपुर । विषालु सर्पको विगविगी बढेसँगै अनाहकमा स्थानीयको ज्यान जोखिममा परे पछि केराबारी गाउँपालिका वडा नं. ६ कालापानीका स्थानीयको सक्रियतामा सामुदायिक सर्पदंश उपचार केन्द्र निर्माण थालिएको छ ।साविकको याङशिला गाविस र हाल केराबारी गाउँपालिका वडा नं ६ मा बर्षेनी सर्पको विगविगी बढेपछि स्थानीय प्रकाश श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय निर्माण समिति गठन गरि उपचार केन्द्र निर्माण शुरु भएको हो । नेपाली सेनाको काली शक्ति गण याङ्गसिलाको पहलर्मा गाउँपालिका र वडा समिति र स्थानीयको सक्रियतामा ८ वटा कोठासहितको एकतले भवन निर्माण कार्य शुरु गरिएको निर्माण समितिले जनाएको छ ।

५७ लाखका लागतमा निर्माण हुदै गरेको भवनका कारण सबैभन्दा बढी खुसी त्यहाँका स्थानीय बासिन्दाहरु छन् । गाउँमा कसैलाई सर्पले टोकिहाले इटहरीस्थित पूर्वी पृतना मुख्यालयमा रहेको सामुदायिक सर्पदशंक उपचार सेवा वा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका लागि लादा धेरै समस्या हुने गरेको थियो । समयमा नपु¥याउदा विरामीको मृत्युसम्म हुने गरेको स्थानीय मेघराज रखल मगरले बताए ।

उनले भने ‘यहा धेरै सर्प भेटिन्छन्, कति गाउँलेलाई टोक्यो टोक्यो, उपचार गराउन कि त धरान लानु पथ्र्या कित इटहरी ।’ उनल गाउँमै सर्पदशंक उपचार केन्द्र निर्माण हुदा कालापानीमात्र हैन वरपरका सबैले समयमै उपचार पाउने बताए ।

निर्माणको थालनी भएसंगै केराबारी गाउँपालिकाले ५ लाख, गाउँपालिकाका प्रमुखबाट ५१ हजार, स्थानीय शारदा ढकालबाट २५ हजार सहयोग प्रदान गरेको निर्माण समितिका संयोजक प्रकाश श्रेष्ठले बताए । गाउँमा सर्पको जोखिम बढेपछि कालीशक्ति गण, स्थानीय बासिन्दा, गाउँपालिका र वडा कार्यालयको संयुक्त पहलमा निर्माण कार्य थालनी गरेको उनी बताछन् । उनी भन्छन्, ‘यो सर्पको जोखिम ठाउँ हो, यहा एउटा सर्पदंशक उपचार केन्द्र जरुरी थियो त्यही भएर यसको निर्माण शुरु गरेका हौं ।’

१५ धुर क्षेत्रफल जग्गामा निर्माण हुन लागेको सो उपचार केन्द्र बनेपछि भने केराबारी गाउँपालिकाको २, ४, ७, ८, ९ , १० र धरान उपमहानगरपालिकाका वडा नंं. ६ सबैभन्दा बढी लाभान्वित हुने केराबारी गाउँपालिका वडा नंं ६ कालोपानीका वडाअध्यक्ष उपेन्द्र लुंगेली मगरले बताए ।

निर्माणको लागि कालीशक्ति गणको जनश्रम, स्थानीयका जनश्रमसंगै विदेशमा गएका स्थानीयहरुले समेत आर्थिक सहयोग जुटाएका छन् ।
अत्यन्तै जोखिम क्षेत्र भएकै कारण गाउँपालिकाले समेत सर्पदंशक उपचार केन्द्रका लागि यसै स्थानलाई प्राथमिकतामा राखेर निर्माण कार्य शुरु गरेको केराबारी गाउपालिकाका प्राविधिक टीका राई बताउछन् ।

यो क्षेत्रमा गोमन, करेट, धामनलगायतका विषालु सर्प बर्र्षायममा विगविगी हुने गरेको छ । बर्षेनी सरदर ५ जनासम्मलाई सर्पले टोक्ने गरेको उनीहरुको भनाई छ । निर्माण सम्पन्न भएपछि सर्पका डसाईबाट अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था कम भएर जाने अपेक्षा सर्वसाधारणले गरेका छन् ।