धरान / २२ वर्ष लगाएर एक व्यक्तिले आफ्नो वंशावली प्रकाशन गरेका छन् । पुख्र्यौली घर खोटाङ भई हाल धरान(१६ का मनिकुमार निनाम्बुँवाछा राईले वंशावली प्रकाशित गरेका हुन् ।

उनले २०५३ साल वैसाख २ गतेदेखि वंशावलीको खोजीमा लागेका थिए । वंशावलीको धरान १७ स्थित किरात राई यायोक्खा प्राकस भवनमा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईलगायतले अतिथिले विमोचन गरे ।

वंशावली संकलनका क्रममा खोटाङदेखि भोजपुर, उदयपुर, इलाम, पाँचथरलगायतका जिल्ला पुगेको उनले बताए । विमोचनपछि केन्द्रीय अध्यक्ष राईले आफ्नो वंशको इतिहास खोजी गरेर वंशावली प्रकाशन गर्नु महान् कार्य भएको बताए ।