धरान । मिस वल्र्डको ६८ औं संस्करणमा नेपालबाट प्रतिनिधित्व गरेकी शृङ्खला खतिवडाले मल्टिमिडिया अवार्डको भोटिङमा अन्य देशका प्रतिस्पर्धीलाई उछिनिरहेकी छन् ।
उनले यो अवार्ड जिते सिधै क्वार्टरफाइनल अर्थात् टप ३० मा पुग्नेछिन् । राजनीतिक परिवारकी उनी आर्किटेक्चर पढेकी छन् ।

मिस वल्र्डमा नेपालले लगातार सहभागिता जनाइरहे पनि हालसम्म कुनै गतिलो उपलब्धी हासिल गर्न सकेको छैन । शृङ्खलाबाट केही आशा गरिएको छ । आगामी ८ डिसेम्बरमा हुने फाइलनमा विभिन्न पाँच अवार्डमध्ये यो अवार्ड पनि वितरण गरिने छ । चीनको सान्यामा हुन लागेको मिस वल्र्डमा सन् २०१२ देखि भोटिङका आधारमा यो अवार्ड वितरण गर्न थालिएको हो । मल्टिमिडिया अवार्ड पनि एक हो ।
श्रृखलालाई मल्टिमिडिया अवार्ड जिताउनका लागि मोबस्टार एपबाट भोट गर्न सकिन्छ ।

यसका लागि मोबस्टार एप डाउनलोड गर्नुपर्छ । त्यसपछि आफ्नो अकाउन्ट खोलेर वा फेसबुकको आइडी पासवर्ड प्रयोग गरेर साइन इन गर्न सकिन्छ । मोबस्टारमा आफ्नो अकाउन्ट खोलिसकेपछि श्रृखला खतिवडा सर्च गर्नुपर्छ । उनको आधिकारिक पेजमा नीलो चिन्ह लगाइएको छ । उक्त पेज खोलेर श्रृखलाले गरेका पोष्टहरूलाई बायाँबाट दायाँ स्वाप गर्नुपर्छ । हरेकचोटि स्वाप गर्दा अंग्रेजीमा ‘एस’ देखाउँछ जुन एक भोट बराबर हो ।

साथै श्रृखलाले गरेको पोष्टमा कमेन्ट गर्दा पनि भोट गणना हुन्छ । यस्तै मिस वल्र्डको आधिकारिक वेवसाइट गएर पनि एक भोट गर्न सकिन्छ । यसमा पनि फेसबुकबाट साइन इन गर्न सकिन्छ । मल्टिमिडिया अवार्डका लागि २८ नोभेम्बरसम्म भोटिङ खुल्ला रहने छ ।