वि.सं. २०७५ साल कात्तिक ३० गते। शुक्रबार। इश्वी सन् २०१८ नोभेम्बर १६ तारिख। नेपाल संवत् ११३९ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– अष्टमी, ७:१४ बजेउप्रान्त नवमी।मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह सामाजिक कामको जिम्मेवारी बढ्नेछ। फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोपनीयता बाहिरिनाले काम दोहोर्याउनुपर्ला। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते तापनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। श्रम परे पनि अरूको उपकार गर्न सकिनेछ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु बिनाकारण आफन्त, साथीभाइ टाढिन सक्छन्। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि करकापमा परी काममा जुट्नुपर्ने वा विशेष निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ।