विराटनगर/ समुन्नत महानगर बनाउने परिकल्पना बोकेका विराटनगरका मेयर भीम पराजुलीले महानगरको समृद्धिका लागि भन्दै कठोर व्रत बसेका छन् । मंगलबार मेयर पराजुली विराटनगरका सडकमा लम्पसार परेर दण्ड प्रणाम गर्दै छठ देवीको घाटसम्म अस्ताउँदो सूर्यलाई अर्घ दिन पुगेका छन् । पराजुलीले मेयर भएपछि दोस्रो पटक दण्ड प्रणाम गर्दै खोलासम्म छठ देवीलाई अर्घ दिएका हुन् । पराजुलीले दण्ड प्रणाम गर्दै छठदेवीको आरधना गरेको १५ औं पटक हो । उनी दण्ड प्रणाम गर्दै करिब चार किलोमिटर घस्रिएका छन् । पराजुलीले आफ्नो घरअगाडिको पञ्चाङ्ग मन्दिरबाट मंगलबार दिउँसो साढे १२ बजे यो यात्रा शुरु गरेका थिए । उनलाई छठ पूजा स्थल सिंघिया खोला पुग्न झण्डै ४ घण्टा लागेको छ । तस्बिरहरू हेर्नुहोस्ः