धरान/ गायक गङ्गा बरदानमाथि गाडी कण्डक्टरले हातपात गरेका छन् ।  बेलबारीबाट धरान आउने क्रममा लालभित्ती पुग्नुपूर्व नै दुव्यवहार गर्दै हातपात गरेको पीडित वरदानले बताए । हातपातमा संलग्न कण्डक्टर फरार भएका छन् भने इलाका प्रहरी कार्यालय बेलबारीले ना. ५ ख २८९४ नम्बरको गाडी र गाडीका सह–चालक सुजन श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

गाडी मालिक मिक्लाजुङ गाउँपालिका टाँडीका निरन घिमिरेलाई भने १० बजे हाजिर हुने गरी छाडिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । ‘बिनसित्तीमा हातपात गर्यो’ पीडित वरदानले फोनसम्पर्कमा भने, ‘लोहन्द्रा पुल कट्ने बित्तिक्कै कस्ता कस्ता मान्छे चढ्छन् भन्दै हकार्यो ।’   कण्डक्टरको हातपातबाट उनलाई सामान्य चोटसमेत लागेको छ ।

कण्डक्टरको पहिचान खुल्न सकेको छैन । इप्रका बेलबारीका इन्स्पेक्टर राम राईले सिटको विषयमा विवाद भए पछि हातपात भएको जानकारी दिए । 'कस्तो मान्छे देखेउ भाई म कपाल दारी पालेको सामान्य मान्छे हु भनेको मुक्का हानी हालेको उनले बताए । टाउकोमा चोट लागेको र रगत बगेको उनले बताए । सोमबार विहान १० बजे फरार कन्टक्टरलाई ल्याएर इप्रका बेलबारीमा छलफल गर्ने प्रहरीले जनाएको छ । कुटपिट गर्नेलाई गाडी मालिकले ल्याउने जिम्मा लिएका छन् । गंगा बरदान धरानका स्थापित गायक हुन । छपनीले छान छान... भन्ने उनको गीत लोकप्रिय छ ।