उदयपुर /  उदयपुर बेलका नगरपालिका ४ का ५२ वर्षीया ज्ञानेन्द्र आचार्यले सुसाई नोट लेखेर सप्तकोशी नदिमा हामफालेका छन् । 
नेकपाका गाउँ कमिटीका स्थानीय नेता गणेश बस्नेतलाई सम्वोधन गरेर सुसाइड नोट लेखेर उनले शनिबार चतरानजिक काेशी पुलबाट हाम फालेका हुन । 
इलाका प्रहरी कार्यलय रामपुरका प्रहरी निरीक्षक नविन सिंहका अनुसार आचार्यले शनिबार राति उदयपुरको वेलका नगरपालिका ८ स्थित कोशी पुलबाट हाम फालेका केही स्थानीयले देखेकाे बताए ।  नेकपाका कार्यकर्ता समेत रहेका आचार्यले साविकको नेकपा एमालेका तत्कालीन गाउँ कमिटी अध्यक्ष बस्नेतलाई सम्बोधन गर्दै आफूले लामो समय पार्टीमा काम गरेर र आफूले संसार छाड्न बाध्य भएकाे लेखेका छन् । उनले आफू मरेर गए पनि पार्टीप्रतिको आस्था कहिल्यै नटुट्ने उल्लेख गरेकाे बताइएकाे छ ।