धरान /महोत्तरीमा बालिका अपहरणपछि बलात्कार गरि हत्या गरेको अभियोगमा खोजीसुचिमा रहेका भंगहा नगरपालिका ६ का २६ वर्षीय भरत साह सुनसरीबाट शनिबार दिउसाे पक्राउ परेका छन् । भदौ १० गते औरही नगरपालिका १ बाट अपहरित ८ महिने बालिका सोनाली भोलिपल्ट मृत फेला परेकी थिइन् । उनले बलात्कार गरि हत्या गरि फरार भएका थिए । कााेशी वयारेेज बाट पूर्व अाउदै गर्दा सिटि रिक्सा चाेरीकाे अाराेपमा पक्राउ परेका साहलाई थप अनुसन्धानमा पुरानाेे केसमा संलग्नता  भएकाे खुलेकाे सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए । बालिकाको हत्यारा खोज्न अपहरणको समय देखि नै महोत्तरीमा प्रहरी र शसस्त्र प्रहरीले उखुबारी, जंगल र बस्ती चहारेका थिए । बालिका हत्याको विरोधमा औरही, गौशाला लगायतका विभिन्न बजारहरु बन्द भए । चक्का जाम भयो । दोषि पक्राउ गर्न दवाब बढेपछि नेपाल तथा भारतका विभिन्न ठाउँमा हत्यारा खोज्न प्रहरी परिचालन गरिएको थियो । पक्राउ परेका साह सिरहा कारागारमा चोरी तथा डाँका मुद्दामा चार वर्ष सजाय काटेर करिब पाँच महिना अघिमात्र मुक्त भएका थिए ।