वि.सं. २०७५ साल कात्तिक २ गते। शुक्रबार। इश्वी सन् २०१८ अक्टोबर १९ तारिख। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– दशमी, १६:३९ बजेउप्रान्त एकादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ तारिफयोग्य कामले प्रसिद्धि दिलाउनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो आफन्तसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा शुभचिन्तकहरूको साथ जुट्नेछ। साँझतिर भने स्वास्थ्यमा कमजोरी र काममा चुनौतीको समय रहनेछ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। र्इर्ष्या गर्नेहरूले हार खानेछन्। साँझतिर व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो साँझतिर नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। साँझतिर स्थितिमा सुधार आउनुका साथै चिताएको काम बन्नेछ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। साँझतिर विश्वासपात्रबाट धोका हुनाले काम बिग्रन सक्छ। (नेपाली पात्रो) धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिनेछन् भने साँझतिर रोकिएका काम पनि सम्पादन हुनेछन्। (नेपाली पात्रो) मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। साँझतिर आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, बसाइको स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ। साँझतिर परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि खाँचो टार्न साँझतिर सरसापट लिनुपर्ने हुन सक्छ। यात्राको प्रसंगमा केही खर्च हुन सक्छ।