काठमाडाैं /  शनिवार विजया दशमी अर्थात् आफन्त वा मान्यजनवाट टिका तथा जमरा ग्रहण गर्ने दिन ।  घरपरिवार वा सार्वजनिक जीवनमा मात्र नभई बन्दी जीवनमा समेत चाडपर्वको उल्लासमा कमी भएको पाइँदैन। नेपालका झण्डै ७४ सुधारगृहका रुपमा रहेका बन्दीगृह अर्थात जेलमा समेत विभिन्न कार्यक्रमका साथ दशैँ मनाउने तयारी पुरा भएको अधिकारीहरुले जनाएका छन्। फूलपातीको अघिल्लो दिन कुखुराको भाले च्यापेर सुन्धारास्थित केन्द्रीय कारागारमा बन्दी जीवन बिताचरहेका आफ्ना श्रीमान भेट्न पुगेकी सिन्धुपाल्चोककी टिका गदाल निकै खुशी देखिन्थिन।

त्यसको कारण बडादशैंका दिन श्रीमानको हातबाट कारागार पर्खालभित्रै आफु र छोराले पनि अन्य कैदीबन्दीले जस्तै टिका ग्रहण गर्ने उनको तयारी रहेको थियो। अर्को वर्ष श्रीमानले कैद भुक्तान गरिसक्ने भएकाले बन्द पर्खालभित्र दशै मनाउन नपर्ने खुशी ब्यक्त गदै उनले भनिन्, ''पोहोर पनि यहीं आएर टिका लगाएको हो। अरु सबै परिवार आफन्त उतै गाउँतिर रमझममा हुन्छन्। मलाई दु:ख परेको छ त्यसैले म आफैले नै यसपालि पनि यहीं आएर टिका लगाउँदै छु। २८ वर्षीया गदाल जस्तै बिहान ९-१० बजेदेखी साँझसम्ममा करिब २,००० बढीको संख्यामा कैदीबन्दीका एकाघरका आफन्त तथा नातेदारले कडा सुरक्षाबीच टिका तथा आशीर्वाद आदानप्रदान गर्न टिका समारोहको आयोजना गरिनेछ।

केन्द्रीय कारागारको आन्तरिक प्रशासनको संयोजन र नेपाल प्रहरीको सुरक्षा घेरामा बिहान १० बजेदेखी साँझ ५ बजेसम्म टिका थाप्नेगरी तयारी गरिएको केन्द्रीय कारागारका जेलर लिलाधर अधिकारीले बताए। विहान ९-१० बजेदेखी साँझसम्ममा करिब २००० बढीको संख्यामा कैदीबन्दीका एकाघरका आफन्त तथा नातेदारले कडा सुरक्षाविच टिका तथा आशिर्वाद आदानप्रदान गर्न टिका समारोहको आयोजना गरिनेछ लिलाधर अधिकारी, जेलर, केन्द्रीय कारागार उनले भने, ''कैदीबन्दीले पनि चाडपर्वलाई राम्रैसँग मनाउन सक्नुहोस् भन्ने हिसाबले सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिएका छौं। दशैं खर्च भनेर प्रत्येकलाई ३०० रुपैयाँ दिईसकिएको छ। अन्य बेलामा भन्दा भेटघाट थप सहजीकरण   र्छौ।'' सरकारले प्रदान गर्ने दशैं खर्च कम भएको बताइएपनि कारागार भित्रै चारपाँचवटा खसी काट्ने तयारी रहेको कारागारमा बहिदारका रुपमा कार्यरत एकजना कैदी आईत तामाङ्गले बताए।

कतिपय कैदीबन्दीका कोही पनि भेटघाट गर्न नआउने हुनाले उनीहरुलाई पनि आन्तरिक प्रशासनले टिका तथा जमरा ग्रहण गर्ने ब्यवस्था गरेको छ। विभिन्न अपराध गरेको अभियोगमा दोषी पाइएपछि बन्दी जीवन भोगिरहेका र अदालतमा मुद्दा विचाराधीन रहेका थुनुवाका आफन्तलाई छोटो समयका लागि भेटघाट गर्न दिने चलन छ। विगत साढे सात बर्षयता जेल जीवन बिताइरहेकी काठमाण्डू सितापाइलाकी अनिता श्रेष्ठले ६ वटा दशैं जेलभित्र मनाइसकेकी छन्। बाहिरको संसार छोडेर भित्र बसिरहेका छौं। चाडबाडका बेला यहाँ आफ्नै माहोल हुन्छ। बाहिर रहेको हाम्रो परिवार भन्दा हामीलाई यही भित्रकै परिवार प्यारो भईसक्यो। कतिपयको परिवार चाडबाडमा समेत भेटघाट गर्न आउँदैनन्। तिनिहरुका लागि हामी नै परिवार हो अनिता श्रेष्ठ , कैदी आफ्नालागि जेलभित्रका अन्य कैदी साथीसँगको दशैं नै रमाइलो लाग्ने बताउँदै श्रेष्ठले भनिन्, ''बाहिरको संसार छोडेर भित्र बसिरहेका छौं। चाडबाडका बेला यहाँ आफ्नै माहोल हुन्छ। बाहिर रहेको हाम्रो परिवार भन्दा हामीलाई यही भित्रकै परिवार प्यारो भइसक्यो। कतिपयको परिवार चाडबाडमा समेत भेटघाट गर्न आउँदैनन्। तिनीहरुका लागि हामी नै परिवार हौं।'' हाल ७० जिल्लाका ७४ वटा कारागारहरुमा १८ हजार भन्दा बढी कैदीबन्दी रहेकोमा केन्द्रीय कारागारमामात्रै करिब २७ सय कैदीबन्दी रहेको विविसीले जनाएको छ।