इनरुवा/ नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान सुनसरीको आयोजनामा इनरुवामा फेसन शो आयोजना गरिएको छ । करम पूजाको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा जातीय पहिरन सहितको फेसन शो गरिएको थियो ।

र्याम्पमा उत्रने सबै उराँव समूदायका युवा युवती रहेका थिए । फेसन शोमा जिल्लाभरबाट सहभागि मध्ये छनौटमा उत्कृष्ठ ठहरिएकाहरुलाई र्याम्पमा उतारिएको थियो । जातीय पहिचान सहित भेषभुषाको प्रर्दशनीकालागि आयोजकले फेसन शोको आयोजना गरेको जनाएको छ ।

प्रतिष्ठान सुनसरीका अध्यक्ष बेचन उराँवले कला, संस्कृतिको जर्गेना र प्रर्वद्धनकालागि कार्यक्रम आयोजना गरिएको बताए । प्रतिष्ठानले करम पूजाको पूर्व सन्ध्यामा फेसन शो सहितका सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

औपचारिक कार्यक्रमपूर्व उराँव समूदायको जातिय पहिरन र भेषभुषा सहितको र्यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।

उराँव समूदायले भोलि करम पूजा मनाउदैछन् । करम पूजालाई उराँव जातिले महान पर्वका रुपमा मनाउँदै आएको छ ।