ताप्लेजुङ । प्रत्येक शुक्रबार बजार पसल बन्द हुँदै आएको ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार अब भने शुक्रबार पनि खुल्ला हुने भएको छ ।

चाडपर्व नजिकिएका बेला किनेमेल गर्न सहज होस् भनेर छठ पर्वसम्मलाई बजार खुल्ला गरिएको जिल्ला स्थित उद्योग वाणिज्य सङ्घले जनाएको छ । दशै दिपावली तथा छैठ पर्वको अवसरमा बजारमा हुने उपभोक्ताहरुको चापलार्इ मध्यनजर गरि यही असोज १२ गते शुक्रबारदेखि लागू हुने गरि फुङलिङ बजारका पसल व्यवसायहरु खुल्ला हुनेभएको हो ।

सङ्घकाे अध्यक्ष तारानाथ घिमिरेका अनुसार चाडपर्व लक्षित किनमेलका लागि बजारमा गाउँबाट ग्राहकहरु आउने हुँदा उनीहरूलाई दसैँ–तिहारमा सामान किनमेल गर्न सहज होस् भन्ने उद्देश्यले शुक्रबार पनि बजार खुल्ला गरिएको हो । शुक्रबार पनि बजार खुल्ला हुने भएपछि उपभोक्ता तथा स्थानीयबासीलाई सहज हुनेछ ।