देउराली । असोज महिनाको १ गते हिन्दु सनातन धर्मावलम्बीहरुले निर्माण, प्रविधी तथा विशेष गरी धातु अथवा फलामसंग सम्बंधित देवका रुपमा मानिएका विश्वकर्मा बाबाकाे पुजा अारधना गर्ने गर्दछन् । सनातन धर्मका अनुसार विश्वकर्मा बाबा देवताहरुका शिल्पी, विज्ञ रहेको देवताहरुका दरबार, तथा महलहरु का सथै हतीयार,  रथ, यानहरु, औजारहरु उनकै कला कैशल्यतामा निमार्ण हुनेगरेको सनातन धर्म शास्त्रमा रहेको छ ।

सोहि मान्यतालाई परम्परागत रुपमा विश्वकर्मा को बाबाकाे पुजाहुदै आएको छ । धातु, शिल्पकार, डकर्मी, सिकर्मी लगायत विभिन्न पेशाका कालीगढहरु साथै यांत्रिक कलकारखना, उद्याेग, र त्यस सम्बंधित पेसा तथा व्यावसाय गर्ने व्यावसायी, मजदुरका साथै आम हिन्दु धर्मावलम्बीले आजको दिन विश्वकर्मको मुर्ती स्थापनना गरेर पुजाअारचना गर्ने र भोली उक्त मुर्तीलाई विधिवतरुपमा नदि ताल, तलाउमा लगेर सेलाउने प्रचलन रहेको छ ।

 अाफुले प्रयाेग गर्ने गरेकाे अाैजार, उपकरणा तथा यातायातका साधनहरूलार्इ धाइपखाली गरी  नजिकको विश्वकर्मा मन्दिरमा गएर पुजा गर्ने गर्दछन्  ।

आजको दिन बिशेष गरी यातायात, यातायात सम्बन्धि व्यावसय गर्ने र यान्त्रिक औजार चलाउने व्यावसायी उद्योगी तथा कलकारखनामा पुजा अारधना गर्ने गर्दछन् । उक्त पुजा गर्नाले औजारहरुको सुरक्षा हुने, कुनै पनी प्रकारको दुर्घटना हुनबाट विश्वकर्मा बाबाले बचाउने जस्ता विश्वास रहेको छ ।

सोहि अनुरुप आज धरान स्थित विश्वकर्मा मन्दिरमा  पुजाअारधना गर्नेहरुको भिड लागेको थियो । विश्वकर्मा मन्दिरमा मोटरसाइकल, कार, बस, ट्रकका सथै अन्य यातायतका साधनहरु मन्दिरमै ल्यार्इ पुजाअारधना गर्ने , धातु तथा शिल्प सम्बन्धि काम गर्ने कालीगढहरुको भिड लागेको थियो ।

अाज विश्वकर्मा मन्दिरमा धरानका साथै इटहरी, विराटनगर, झुम्का इनरुवा, काकरभित्ता, दमक, उर्लाबारी लगायतका सहरहरुबाट आफ्नो यातायातका साधनहरु ल्याई पुजाआरधना गरेका छन् ।

 

यसै सन्दर्भमा ब्लाष्ट खबरले तयार पारेको भिडियो हेर्नुहोस् ।