धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मुख्य प्रबेशद्धार नजिकै रहेको विपी सुन्दर बजारमा विश्वकर्मा वावाको मन्दिर सोमबार उद्घाटन भएको छ । विश्वकर्मा पुजाको अवसर पारेर सोमबार मन्दिरको उद्घाटन गरिएको हो । मन्दिरको वडा १८ का अध्यक्ष प्रविण राई, सदस्यहरु जमुना मोक्तान त्रिखत्री सहितको टोलिले सयुक्त रुपमा पुजा गरेर उद्घाटन गरेका थिए । मन्दिर १८ नंम्बर वडा कार्यालय र स्थानीयको सहयोगमा निर्माण भएको हो । मन्दिर निर्माणमा एक लाख भन्दा बढी खर्च भएको छ १८ नम्बर वडाका वडाध्यक्ष प्रविन राईले भने ‘वडा समितिको ३० हजार, मेरो व्यक्तिगत २८ हजार खर्च भएको छ । उनले स्थानीय ब्यापारी टेक लोहनीबाट १० हजार, राजु श्रेष्ठबाट ५ हजार सहयोग जुटेको बताए । ,‘यहाँको ४ वटा मेडिकल, घोपा ट्याक्सी प्रा.लि.ले पनि आर्थिक सहयोग गरेको छ । धरान एम्बुलेन्स चालक संघलेको सहयोगमा हामीले मन्दिरमा रंगरोगन गरेका छौ’वडाध्यक्ष राईले भने ।