अहिले प्रदेशको नामाकरण र राजधानी तोक्ने विषयमा बहस सुरु भएको छ । प्रदेश नं. १ को नामका विषयमा राजनीतिक, सामाजिक तथा सा“स्कृतिक हिसावमा विभिन्न नामहरू प्रस्ताव भइरहेका छन् भने राजधानीका विषयमा पनि भिन्न– भिन्न स्थानहरुको प्रस्ताव भइरहेका छन् । प्रदेशको नाम राख्ने र राजधानी तोक्ने अधिकार प्रदेशसभालाई छ । तर यो विषय प्रदेशसभामा मात्र सीमित नभएर सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमका विचार पृष्ठहरूमा पनि बहसका रूपमा छाएका छन् । ब्लाष्टले पनि प्रदेशको नामकरण र राजधानीका विषयमा जनताको मत लिन प्रदेशको नामाकरण र राजधानी के र कहा“ हुनुपर्छ, त्यसका आधारहरु के के हुन् ? भनेर सोधेका थियौं ।