इलाम । नेपालकै सबैभन्दा उत्कृष्ट सुर्योदय र सूर्यास्तको दृष्यावलोकन गर्न सकिने अन्तु डाडाँ पर्यटकको आकर्षण केन्द्र बिन्दु मात्र नभई गर्मी छेल्ने गन्तव्यमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । दिपेन्द्र शिखरको नामले परिचित अन्तुडाँडा,अन्तुपोखरी इलामको पर्यटकीय आकर्षण बन्दै गएको छ । छ । उत्तरमा कञ्चनजंघा हिमालको दृष्यावलोकन,पूर्वमा दार्जिलिङ,मिरिकको दृष्यावलोकन गर्न सकिने लोपन्मुख लाप्चा जातिको बसोबास रहेको अन्तुमा वर्षातको सूर्योदय हेर्न नभई तराईका विभिन्न जिल्लाबाट गर्मीबाट छुट्कारा पाउन आउने गरेको आन्तरिक पर्यटकहरु बताउँछन् । प्राकृतिक,ऐतिहासिक र सास्ँकृतिक सम्पदाको आकर्षण रहेको अन्तपोखरी,अन्तु कटेज,वरिपरिको चिया बगान घुम्ने पर्यटकको संख्यामा कमी छैन । धरान उपमहानगरपालिकाकी मुना मगर शनिबारको बिदालाई सदुपयोग गर्न पहिलो पटक इलामको कन्याम हुदैँ अन्तु आएको बताउछिन् । होमस्टे तथा सूर्योदयको दृश्यावलोकनका निमित्त अन्तु नै रोजाईमा परेको बताइन् । यस्तै झापाबाट १५ जनाको समूहमा आएका पर्यटक गर्मिबाट एक दिन छुट्कारा पाउन समेत उत्कृष्ट गन्तव्य अन्तु रहेको उनीहरुको भनाई छ । साधेँको गुन्द्रुक,टिम्बुरको अचार लगायत स्थानीय परिकारहरु खाएर चिटिक्क परेका होमस्टेमा बस्न र विशेष त यहाँको स्यालविस्कीको स्वाद लिन,सेल्फी खिच्न,डुंगा सयर गर्न पर्यटकहरु सामूह समूहमा पुग्ने गर्छन् । इलाम जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल कन्याम हुदैँ पर्यटकहरु बास बस्न भने होमस्टेमा नै जाने गर्दछन् । हाल ४० वटा संख्यामा होमस्टे रहेको अन्तुमा असोज र कात्तिक महिनामा भने पर्यटकहरुको चाप वृद्धि हुनाले नयाँ होमस्टे समेत धमाधम बन्न थालेका छन् । सडक ग्राभेल भए पश्चात पर्यटक आगमन दिनानुदिन बढ्दो रहेको अन्तुमा वर्षातको समयमा समेत सिजनमा जति नै पर्यटक आउने गरेकाले पर्यटकहरुलाई व्यवस्थापन गर्न कठिनाई हुने गरेको स्थानिय होमस्टे संचालक कैलाश प्रधान(मास्के)ले बताए । उनले होमस्टेप्रतिको आकर्षण बढ्दो भएकाले खट्न सकेमा राम्रो आम्दानी हुने बताए ।

असोज, कात्तिक महिनामा मौसम खुलेसगैँ पर्यटकहरु पुग्ने गरेको अन्तुमा विभिन्न क्षेत्रबाट पुग्ने पर्यटक अवलोकन र जातीय,साँस्कृतिक इतिहासको अध्ययन गर्न राष्ट्रिय तथा अन्तराष्ट्रियबाट आउने गरेको पाइन्छ । चलचित्र,म्युजिक भिडियोको सुटिङको प्रमुख आकर्षक स्थलको रुपमा परिचित सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गर्न अन्तुडाँडा,अन्तुपोखरीमा डुङ्गा सयर,अन्तु कटेजको आकर्षक दृष्यले पर्यटकको मन लोभ्याउँदै गएको छ । अन्तुडाँडा को भ्यू टावरबाट सूर्योदयको दृश्यावलोकनसगैँ मेची नदी,मिरिक,दार्जिलिङको समेत अवलोकन गर्ने गर्दछन् । मेची राजमार्गमा पर्ने कन्याम,भारतको दार्जिलिङ,मिरिक,सिलिगुडीको नजिक पर्ने श्रीअन्तुमा तराइको नजिक रहेकाले नेपालका तराईका विभिन्न जिल्ला, र भारतको पश्चिम वगांलबाट बढी पर्यटक भित्रिने गरेका छन् । चियाबारी,कृषिले सुधारेको जीवनशैली,अन्तुपोखरी, बाँसले सजिएको कटेज यहाँको आकर्षण हो । अन्तुमा पर्यटकहरुलाई होमस्टेको सुविधा दिई त्यहाँका उत्पादनलाई वढी जोड दिने गरेका छन् । अन्तु कटेजमा पनि होटलको नभई होमस्टेको सुविधा रहेको छ । स्थानीय युवाहरुले स्थानीय उत्पादन,पर्यटन प्रबद्र्धन गर्ने उद्येश्यले लगानी कटेजमा ३० जनाको हाराहारीमा पर्यटक बस्ने व्यवस्था मिलाईएको छ भने कार्यक्रम गर्न समेत हलको व्यवस्था रहेको छ । स्थानीय रुद्र घिमिरे,कुमार श्रेष्ठ,राजन ताम्रकार लगायतले लगानी गरेको कटेजमा पर्यटकहरुलाई ढिडाँे,गुन्द्रुक,लोकल चामलको भात,लोकल कुखुराको मासु लगायतका खानेकुरा खुवाउने गरिन्छ । ।

झापाबाट इलाम पस्ने किटेनीस्थित जोर कलशमा रहेको पर्यटन सूचना केन्द्रका अनुसार इलाम जिल्लामा पर्यटकको संख्यामा वर्षेनी वृद्धि हुने गरेको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७३÷०७४मा कुल ६६ हजार दुई ९९ जना पर्यटक इलाम आएकामा २०७४÷०७५ मा ९३ हजार नौ सय ७६ जनाले इलाम भ्रमण गरेका छन् । इलाम भित्रिने पर्यटकमध्ये ४९ हजार पाँच सय २२ पुरुष र ४४ हजार चार सय ५४ जना महिला रहेका छन् । इलाम भ्रमण गर्न आउने कुल पर्यटकमध्ये ९३ हजार आठ सय १२ जना आन्तरिक पर्यटक रहेका छन् भने एक सय ६४ वाह्य पर्यटक रहेको पर्यटन सूचना केन्द्रका सूचना अधिकारी गगन घिमिरेले जानकारी दिए । पर्यटकीय स्थलहरुको प्रचारप्रसार बढी भएको इलामको कन्याम,श्रीअन्तु पशुपतिनगर हुदैँ दार्जिलिङ,सिक्किम,मिरिक समेत जाने गर्दछन् । रमरणीय मौसमका कारण इलाम आउने पर्यटकहरु इलाम नै घुम्न रुचाउने हुनाले धार्मिक पर्यटक बाहेक अन्य पाचँथर,ताप्लेजुङ सम्म समेत पुग्दैनन् ।