पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका यासोकमा शिक्षकलाई तलब खुवाउनै समस्या भएको छ ।

तत्कालीन समयको जिल्ला शिक्षा कार्यालय पाँचथरले शिक्षकहरुको बिवरण गलत तरिकाले संकलन गरी बिभागमा पेस गरेका कारण यस्तो समस्या देखा परेको कुम्मायक गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत कमलप्रसाद भटराईले बताए ।

गाउँपालिकामा शिक्षकलाई आवश्यक पर्ने तेस्रो चौमासीक ८० लाख रकम अपुग भएको देखिएको हो । शिक्षकहरुको गलत बिवरण केन्द्रमा पुर्याएका कारण यस्तो समस्या देखा परेको भटराईको भनाइ छ । गाउँपालिकाले तत्कालको लागि बित्तिय अनुदानबाट बिन्योजीत चालुतर्फबाट शिक्षकको समस्या टारेको छ ।

रकम अभाव भएपछि कार्यालयले समस्या समाधानको लागि शिक्षा बिभाग र मन्त्रालयमा कर्मचारी पठाइसकेको कार्यालयले जनाएको छ । गाउँपालिका मावि, निमावि प्रावि गरि ३८ वटा सामुदायिक बिधालयहरु रहेका छन् । जहाँ काम गर्ने दरबन्दीका शिक्षक एकसय ३२ जना रहेका छन । त्यस्तै राहत तर्फ २७ जना शिक्षक कार्यरत रहेका छन ।

छुट भएका शिक्षको दरबन्दी २० रहेको र राहततर्फ ४ शिक्षक रहेका छन । उनिहरुको तलबको लागि मात्रै एक करोड, २७ लाख रकम भुक्तानी भईसकेको र बाँकी ८० लाख रकम अपुग भएका कारण यस्तो समस्या देखा परेको भट्टराई बताउँछन् । शिक्षा बिकाश तथा समन्य इकाईले केन्द्रमा शिक्षकहरुको रेकड पठाउँदा दरबन्दी र राहत शिक्षकको कम संख्या पठाएका कारण रकम अपुग भएको गाउँपालिकाले बताएको छ ।