जुम्ला । अनसनरत डाक्टर गाेविन्द केसी काठमाणडाैं अाउन तयार भएका छन् ।

जुम्लाकाे खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डाक्टर केसीकाे स्वरस्थ गम्भीर भएपछि उनलार्इ काठमाण्डाैं ल्याउन भनि गएका प्रहरी तथा  विद्यार्थी र त्यहाँ स्थित केसीका समर्थक  बिच झडप भएकाे थियाे ।

प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएका हुन् । उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा भर्ना गरिनेछ ।

प्रहरी तथा  विद्यार्थी र त्यहाँ स्थित केसीका समर्थक  बिचकाे झडपमा परि कम्तिमा १० जना घाइते भएका छन्, भने झडपकै क्रममा प्रहरीले चलाएकाे गाेली लागी अर्का एक प्रहरी जवान घाइते भएका छन् । घाइते प्रहरीको अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै  उपचार भइरहेकाे छ ।

यसअघि सरकारले डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । तर, डा. केसीका समर्थकहरुले काठमाडौंबाट गएको टोली र प्रहरीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका डा. केसीसम्म पुग्नै दिएका थिएनन् ।