धरान । गत वर्ष १६ मंसिरमा नेपाल मेडिकल काउन्सिलले लिएको परीक्षामा विदेशमा एमबिबिएस पढेका ५ सय २६ डाक्टर सहभागी भएकोमा ४ सय ६३ जना असफल भएका छन् ।

त्यस्तै, बिडिएस पढेका ४१ जना सहभागी भएकोमा ३७ जना जना असफल भए । यसरी एमबिबिएसतर्फ ८८ प्रतिशत र बिडिएसतर्फ ९० प्रतिशत डाक्टर काउन्सिलको परीक्षामा असफल भएको उल्लेख गरिएको छ ।

साथै, विदेशमा पढेका कतिपय डाक्टरले लाइसेन्स लिन ३६ पटकसम्म परीक्षा दिएको नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटाले बताए ।