मन्त्रालयमा नै बाेलाएर चिकित्सकलार्इ केरकार

alt
  • असार २९, २०७५
  • ११ पटक पढिएको
  • ब्लाष्ट खबर

काठमाडाै । वीर अस्पतालको ट्रमा सेन्टरमा कर्यारत डा. भोजराज अधिकारीलाई गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले मंगलबार मन्त्रालयमा झिकाएर भनेअनुसार काम गर्न अनुचित दबाव दिएका छन् ।

गृहमन्त्रीको आदेश भन्दै अधिकारीलाई लिन गाडी पठाइएको थियो । सरकारी चिकित्सक संघले अपहरणको शैलीमा गृह मन्त्रालय लगिएको भन्दै आपत्ति जनाएको छ ।

ट्रमा सेन्टरका चिकित्सकहरुले स्वास्थ्य जाँचपछि दिने रिपोर्टका आधारमा द्वन्द्वकालका घाइतेहरुको वर्गीकरण हुँदै आएको छ । घाइतेहरुको अपांगताका आधारमा सरकारले भत्ता र सरकारी सेवामा आरक्षणलगायतका सुविधा दिने गर्छ । प्रत्येक पाँच वर्षमा घाइतेहरुको स्वास्थ्य परीक्षणपछि उनीहरुको वर्गीकरण तलमाथि गर्ने गरिन्छ । जसका आधारमा उनीहरुले पाउने भत्तासमेत घटीबढी हुनेगर्छ । यस्तो रिपोर्ट बनाउँदा आफूले भनेअनुसार गर्नका निम्ति गृहमन्त्रीका सल्लाहकार पथिकले अधिकारीलाई अनुचित दबाव दिएकाे चिकित्सक संघले जनाएकाे छ ।

कार्यवहाक मेयर भण्डा ...

धरान / जनसहभागितामा धरान–१५ स्थित बाँझगरा मा ...

‘नेपाल आइडल’को फाइन ...

धरान  / सिङगिङ रियालिटी शो ‘नेपाल आइडल& ...

धरानमा मोटरसाईकल दुर ...

धरान / धरान–१२ स्थित नेपाल टेलिकम कार्यालय अगाडी ...

निःशुल्क सीप परीक्षण ...

धरान /  सरकारले विदेशमा विभिन्न सीप सिकेर फर्केक ...


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved