भद्रपुर । उपभोक्तालाई स्वच्छ मासु खाने उद्देश्यले करोडौं रकम लगानी गरेर निर्माण गरिएको बधशाला( ब्यवस्थित माछा–मासु बिक्री गर्ने ठाउ“) अव्यवस्थित भएको पाइएको छ । भद्रपुर नगरपालिका ५ मा निर्माण गरिएको बधशाला भित्र बध गरिने जनावरलाई लापारवाही तरिकाले बिक्री वितरण गर्दै आइरहेको पाइएको हो । मासु पसलेले बध गरिएका खसीलाई फोहोर ठाउँमा बध गरेका छन् । नजिकै पशु समेत बाधेर राखिएको छ भने मलमुत्र एकै ठाउँमा भएकोले मासुमा मिसावट भएको देखिएको छ । बध गरिने स्थान दुर्घन्दीत र जताततै फोहोरले ठाकोको छ । बध गर्ने स्थानमा पानी छैन । नगरपालिकाको लापावाहीका कारण वजार तथा चोकमा मासु पसल भएकोले बधशालामा कोही नआउने उनिहरु बताउँछन् । केही सुविधा छैन,मोहमद सफिक भन्छन् ‘सडक,पानी,सफा गर्ने कर्मचारी लगायतको कुनै व्यवस्था नगरपालिकाले नगरेको बताउँछन् । ’ भाडा तिरेर बसेका छौ , किन्ने मान्छे कोही आउदैन किनकी, यहाँ भन्दा बाहिर राम्रो सुविधा छ ।’यो बधशाला मुर्दा घर जत्तिकै भएको छ । यसलाइ बचाउने हो भने वाहिरका सबै मासु पसल बन्द गराउनु पर्ने उनिहरुको माग छ । नगरपालिकाले निर्माण गरेको दशवटा कोठामा हाल विजय शाह, सन्दीप शाह,डालु शेख र मोहमद सफिकले मासिक साढे बाह्रसयमा कोठा भाडा लिएर व्यावसाय गर्दै आइरहेका छन् । अन्य कोठा भधाडमा लागेका छैनन भने भाडामा तिरेर व्यवसाय गर्दै आइरहेका उनिहरु पनि छोडने मनस्थितीमा पुगिसेका छन् । बधशालाको विषयमा सामाजिक सञ्जालमा व्यापक गुनासा आएपछि मङगलबार भद्रपुर नगरपालिका मेयर जीवन कुमार श्रेष्ठ,स्वास्थ्य प्राविधिक गणेश भट्टराई, स्वास्थ्य अधिकृत पुष्कर निरौला,नगरपालिका कर्मचारी राजन न्यौपाने वडा अध्यक्ष बन्धु कार्की लगायतको टोलीले अनुगमन गरेको छ । अनुगमनको क्रममा सवै क्षेत्र फोहोर मैला रहेको बध गर्ने स्थानमा किरा फैलिएको,माकुराको जालो, पशुपङ्क्षीका रौं लगायतले भरिएको पाइएको थियो । अनुगमन पछि स्वास्थ्य प्राविधिक भट्टराइले फोहोर भएकोले बध गरिसकेपछि फिनेल पानीले सफा गर्नु पर्ने भन्दै फिनेल उपलबध गराउने बताए । धेरै फोहोर देखिएको उनले स्विकारे । त्यसैगरि स्वास्थ्य अधिकृत निरौलाले मासुबाट सर्ने रोगहरु सगै पानीबाट सर्ने झाडा पखला,टाइफाइड,डिसेन्ट्री लगायतको रोग लाग्ने उनले बताए । मापदण्ड अनुसार बधशाला नभएका कारण अव्यवस्थित भएको उनले जनाए । बधशाला अव्यवस्थित भएको वडाअध्यक्ष कार्कीले स्वीकारे । समस्या आएकोले भाडा तिरेर बसेका व्यापारीले सफा गर्ने दायित्व रहेको उनको भनाई छ । बधशाला सफा हुनु पर्ने नगर प्रमुख श्रेष्ठ बताउँछन् । एकपटको लागि नगरपालिकाबाट सफाइ कर्मचारी पठाएर व्यवस्थित बनाउन प्रयत्न गरिने उनले बताए । भद्रपुर नगर क्षेत्रमा ब्यवस्थित बधशाला निर्माण गर्न नेपाल सरकार, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पशुपंक्षी बजार प्रवद्र्धनबाट सहयोग ३८ लाख, स्थानीय विकास मन्त्रालयको जगेडा कोषबाट ४६ लाख र नगरपालिकाबाट लगभग १५ लाख गरी १ करोड १ लाख ३२ हजार ३ सय ४० रुपैया“ र उपभोक्ताबाट १५ प्रतिशत रकम (१७ लाख ८८ हजार ६० रुपैया“) गरी जम्मा १ करोड १९ लाख २० हजार ४ सय ७८ पैसा लगानी भएको नगरपालिकाले जनाएको छ । बधशालाका लागि विभिन्न विबाद र झमेलाका साथ ०६८ सालमा निर्माण शुरु गरेको थियो ।