पलसंग चित्त दुखेको हो, सम्बन्ध बिग्रिएको होईन

alt
  • असार १७, २०७५
  • १५ पटक पढिएको
  • ब्लाष्ट खबर

पछिल्लो समय विभिन्न व्यक्तिहरुसंग नाम जोडिएर खबर बनेकी पुजा यतिबेला सामाजिक सञ्जाल र मिडिया दुबैमा खासै खुलिरहेकी छैनन । विभिन्न खाले बिवादमा बिना सित्ती पारिएको भन्दै उनी यतिबेला निकै सजग बनिरहेकीछिन् भने मिडियासंग उनको गुनासो पनि छ । बिषेशगरी उनको नाम पछिल्लो समय  प्रदिप खड्का र पल शाहसंग जोडिएर आईरहेका छन् ।

उनलाई बिषेशगरी काम गरुञ्जेल आफनो नायकलाई च्याप्ने र रिलिजपछि सम्बन्ध खासै राम्रो नहुने भन्ने आलोचना खेप्ने गरेकीछिन् । प्रदिपसंग उनको सम्बन्ध सुधार भईसकेको छ तर पल शाहसंग भने उनको सम्बन्ध खासै नरहेको चर्चा चल्ने गरेको छ । यसबारेमा एक मिडियासंग बोल्दै उनले पलसंग आफनो सम्बन्ध राम्रो रहेको बताएकीछिन् । उनले आफुले तत्काललाई काम गरिरहेको नायकलाई नै सपोर्ट गर्नु पर्ने बताईन। 'रामकहानी'को लागि सुरुवातमा पलसंग कुराकानी भएको तर पलले वास्ता नगरेको पुजाले यसअघि नै बताईसकेकीछिन् । यसबारेमा उनले भनिन्  'पलसंग अलिकति चित्त दुखाई हो आफनै कोस्टारले वास्ता नगर्दा । उ संग मेरो सम्बन्ध अहिले पनि राम्रै छ।

भबिष्यमा पनि पलसंग काम गर्न इच्क्षुक रहेको बताउँदै आएकी पुजाले रामकहानीको रिलिज डेट भदौ २२ मा नै प्रदिपको रोजी, सुश्री सम्पत्तीको समेत रिलिज जुध्दा भने केही मन दुखाएकी छिन् । प्रदिप र आफनो सम्बन्धलाई लिएर पनि तेस्रो पक्षले फाईदा उठाउँन खोजेको जस्तो अनुभव गरेको उनको भनाई छ तर उनी भन्छिन्'मलाई विश्वास छ भदौ २२ मा दर्शकले 'रामकहानी' लाई नै रोज्नु हुन्छ ।

कार्यवहाक मेयर भण्डा ...

धरान / जनसहभागितामा धरान–१५ स्थित बाँझगरा मा ...

‘नेपाल आइडल’को फाइन ...

धरान  / सिङगिङ रियालिटी शो ‘नेपाल आइडल& ...

धरानमा मोटरसाईकल दुर ...

धरान / धरान–१२ स्थित नेपाल टेलिकम कार्यालय अगाडी ...

निःशुल्क सीप परीक्षण ...

धरान /  सरकारले विदेशमा विभिन्न सीप सिकेर फर्केक ...


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved