धनकुटा । मध्यपहाडी लोकमार्ग अन्तर्गत धनकुटाको हिले–पाख्रीबास सडक खण्डमा शंकास्पद बस्तु फेला परेकाे छ ।

कञ्चनजंघा कन्ट्रक्सनलाई लक्षित गरी राखिएको शंकास्पद बस्तु श्री नं. २ बाहिनी अड्डा हिलेमा रहेको नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । मंगलबार राती २ बजे तिर उक्त बस्तु राखिएकाे थाहा पाएपछि प्रहरीले साे स्थललाई सुरक्षित गरेको थियो ।

पाख्रीबास नगरपालिका वडा नं. ३ स्थित ज्ञानबहादुर बस्नेतको घरमा कञ्चनजंघा कन्ट्रक्सनको कार्यालय रहेको र कार्यालय नजिकै स्काभेटर लगायतका निर्माण इक्विपमेन्ट राखिएकाे स्थानमा स्काभेटरकाे बीचमा राखिएको शंकास्पद बस्तु नेपाली सेनाकाे बम डिस्पाेजल टाेलीले अलि पर लगेर डिस्पाेज गरेकाे  थियाे ।