बेलबारी । मोरङको केराबारी गाउँपालिका वडा नं. ९ स्थित भलुवामा खानेपानीको ट्याङ्की र पानीको पाईप बगाउादा गाउँमा खानेपानीको समस्या जटिल बन्दै गएको छ । वर्षायाम शुरु भएसंगसंगै बाढीले पानीको पाईप र ट्यांकी बगाएपछि अहिले भलुवामा खानेपानीको समस्या बनेको छ । खानेपानी अभाव हुँदा यतिखेर विद्यालयका विद्यार्थीहरुमा प्रत्यक्ष प्रभाव परेको विद्यालयका सहप्रधानाध्यापक स्थिर चापागाईंले बताए । धारामा धमिलो पानी समेत आउने भएको हुँदा यसले स्वास्थ्यमा समेत असर पार्ने देखिएको छ । खानेपानीको समस्या भलुवामा वर्षेनी हुदै आईरहेको छ । गतसाल पनि बाढीले खानेपानीको पाईप र ट्यांकी बगाउँदा गाउँमा खानेपानीको हाहाकार नै भएको थियो । भलुवा तराईको समथर भुभाग भन्दा केहि उच्च भुभागमा रहेको छ । चुरेक्षेत्र अन्र्तगत पर्ने भलुवा फहाडको फेदीमा पर्छ । भलुवामा साधारण ट्युव वेल गरि जमिनबाट पानी आउदैन । त्यसैले २०४१ सालमा भलुवामा स्थायी रुपमा खानेपानी संचालनका लागि युनिसेफले खानीको पानीको ट्याङ्की र धाराहरु निर्माण गरिदिएको थियो । त्यहि खानेपानीको ट्यांकीबाट स्थानीय वासिन्दाहरुले पानी पिउदै आएका थिए । असार २ गते आएको बाढीले पानीको फिल्टर ट्याङ्की र ईन्टेक पल्टाई दिएपछि अहिले भलुवाका खानेपानीको समस्या छ । बाढीले पाँचसय मीटर पानीको पाईप पनि बगाई दिएको छ । बाढीले पानी ट्याङ्की पल्टाएपछि गाउँलेहरुले खोल्सीमा सिधै खानेपानीको पाईप जोडेर कठिनाईका साथ पानी उपभोग गरिरहेका गरमझोडा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चन्द्र खत्रीले बताए । अहिले भलुवाको मुख्य समस्या नै खानेपानी रहेको छ । पानी पर्न साथ पानीको मुहानमा धमिलो हुने गरेको कारण धाराहरुमा पनि पानी धमिलो आउने गरेको स्थानीय वासिन्दाहरुको भनाई छ । ठूलो जनसंख्या रहेको भलुवामा खानेपानीको समस्या जरजर बनेको ९ नम्वरका वडाध्यक्ष भुपतिन्द्र प्रताप मल्लले बताए । भलुवा खानेपानी उपभोक्ता समुहमा हाल ४ सय ६५ घर परिवार उपभोक्ता रहेका छन् । गतसालको बाढीले पनि खानेपानीको पाईप ट्याङ्कीमा बगाएपछि भलुवामा खानेपानीको हाहाकार हुँदा धेरैले जारको पानी किनेर खाँदै आएका थिए ।

गाउँपालिकाद्धारा २५ लाख विनियोजन भलुवामा खानेपानीको समस्यालाई मध्यनजर गरेर केराबारी गाउँपालिकाले चालु आर्थिक वर्षमा २५ लाख रकम विनियोजन गरेको छ । वहुवर्षिय योजना बनाई डिप बोरिङ संचालन गरेर भलुवामा स्थानीय रुपमा खानेपानीको समधान गर्ने योजना रहेको केराबारी गाउँपालिका अध्यक्ष रोहित कार्कीले बताए । साथै तत्काल खानेपानीको समस्याको समाधानका लागि पानीको पाईप समेत दिएको अध्यक्ष कार्कीले बताए । चालु आर्थिक वर्षको बजेटले २५ लाखले १३० गहिराईबाट दुईईन्च पाईपमा पानी निकालिएको भलुवा खानेपानी उपभोक्ता समितिका अध्यक्ष सनबहादुर बस्नेतले बताए । वोरिङबाट भर्खर निस्केको पानी धमिलो पानी संलिने क्रममा छ । अहिले त्यहि पानीलाई ट्यांकी सम्म पुराउन सकिएको खण्डमा र व्यवस्थित रुपमा वितरण गर्न सकिएको खण्डमा खानेपानीको समस्या समाधान हुने अध्यक्ष बस्नेत बताउ छन् । तर त्यसका लागि करिब एक करोड बजेट लाग्ने बताउँछन् । ०००००००००००००००००००००००००००००००००००००००००००००