पानवारी । धरान प्रज्ञा प्रतिष्ठानको आयोजनामा धरानमा प्रतियोगितात्मक बाल नाटक महोत्सव गरिने भएको छ । प्रतिष्ठानेका चौथो कार्यक्रममा रुपमा यही असार ८ गते धरानको सभागृहमा हुने नाटक प्रतियोगितामा धरानका विभिन्न विद्यालयका विद्यार्थीहरुले सहभागित जनाउने भएका छन् । ‘साहित्य, कला, संस्कृति, संगितका साथै रंगमञ्चको दृष्टिले उर्वरभूमि धरानमा रंगमञ्च क्षेत्रमा उभार ल्याउने र विद्यालयहरुमा रहेका रंग प्रतिभाहरुको खोजी गरी धराने रंगमञ्चको नयाँ पुस्ता जन्माउन सहयोग पु¥याउने लक्ष्य राखिएको’ प्रतियोगिता बारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा बताइएको थियो । बाल नाटक प्रतियोगितामा ‘प्रेक्षिका’ अर्थात् १५ मिनेटको समय आयतनमा आधारित नाटकहरु प्रदर्शनी गरिने र प्रतियोगितामा १३ वटा नाटकहरु आएको बाल नाटक महोत्सवका कार्यक्रम संयोजक गोपाल देवानले जानकारी दिएका छन् । प्रतियोगितामा सहभागी नाटकहरुबाट उत्कृष्ट चार छनौट गरी प्रथमलाई २५ हजार, द्वितियलाई २० हजार, तृतियलाई १५ हजार र चौथोलाई १० हजार नगद पुरस्कारको व्यवस्था रहेको र उत्कृष्ट निर्देशक एक जनालाई १० हजार पुरस्कार प्रदान गरिने धरान प्रज्ञा प्रतिष्ठानका संयोजक अम्बिका तुम्बाहाम्फेले बताए ।