इलाम ब्लाष्ट । इलाममा राष्ट्रिय आर्थिक गणनाको कार्य अन्तिम चरणमा पुगेको छ । सरकारले २०७५ सालमा प्रथम पटक राष्ट्रिय गणनाको रुपमा वैशाख एक गतेबाट राष्ट्रव्यापी रुपमा आर्थिक गणना गर्दै आएको छ । देशमा क्रियाशिल रहेका सबै व्यवसायिक आर्थिक प्रतिष्ठानमा पुगी व्यवसायहरुको व्यवसायिक क्रियाकलाप सम्बन्धी वर्तमान अवस्था र यसका वित्तिय पक्षसहित आधारभूत तथ्यांकहरु उपलब्ध गराउने उद्देश्यले प्रथम आर्थिक गणना गरेको हो । राष्ट्रिय लेखा प्रणलीलाई सुदृढिकरण गर्न,केन्द्र,प्रदेश तथा स्थानीय तहका सरकारहरुलाई योजना तर्जुमा गर्न साथै व्यवसायलाई सम्वृद्धि तर्फ लैजानका लागि वि.सं २०७५ साल वैशाख एक गतेलाई गण्नाको सन्दर्भ दिन मानिएको हो । करिब ४० करोडको बजेट माग गरि केन्द्रिय तथ्यांक विभागले गरेको आर्थिक गणनामा देशभर तीन हजार पाँच सय २१ जना गणक,पाँच सय छ जना सुपरिवेक्षक खटाइएको गण्ना कार्य अन्तिम चरणमा पुगेको छ । केन्द्रिय तथ्यांक विभागले यस अगाडि जनगणना,कृषि गणना,औद्योगिक गणना गर्दै आए तापनि मुलुकमै प्रथम पटक आर्थिक गणना समेत गरेको हो । मुलुकभरमा राष्ट्रिय तथ्यांक विभागको जम्मा ३३ वटा स्थायी कार्यालय रहेको तर आर्थिक गणनालाई प्रभावकारी बनाउन सरकाले ४४ वटा अस्थायी कार्यालय सञ्चालन गरि मुलुकभरका ७७ वटै जिल्लमा आर्थि गणना केन्द्र स्थापना गरेको हो ।

मुलुकभरका आर्थिक करोबार हुने क्षेत्र विभिन्न उद्योग,कृषि तथा दुग्ध उत्पादक सहकारी,बैँक तथा वित्तिय संस्था,शैक्षिक संस्था,विभिन्न संघसंस्था,हाटबजार लगायत आर्थिक प्रतिष्ठानहरुको सबै क्षेत्रमा आर्थिक गणना सम्पन्न गरिएको छ ।

देशभरमध्ये काठमाडौँ पश्चात सबैभन्दा धेरै आर्थिक प्रतिष्ठान रहेको जिल्लाका रुपमा झापा आउने केन्द्रिय तथ्यांक विभाग झापाले जनाएको छ । झापाका १५ स्थानीय तहमा एक सय ४४ गणक तथा २१ जना सुपरिवेक्षक,आर्थिक गणना कार्यालय झपामा छ जना कर्मचारी तथा तीन वटा सहायक स्थानीय आर्थिक गणना कार्यालयमा तीन जना सहित १५ जना कर्मचारी रहेका छन् । आर्थिक क्रियाकलाप हुने क्षेत्र,संघसस्था,कृषि उद्योग धेरै भएकाले हाल सम्म अनुमानित ३८ हजार पाँच सय प्रतिष्ठानको गणना कार्य सम्पन्न भएको तथ्यांकमा उल्लेख रहेको आर्थिकगणना केन्द्र भmापाका व्यवस्थापन सुपरिवेक्षक जनकबाबु काफ्लेले जानकारी दिए । केन्द्रिय तथ्यांक विभाग आर्थिक गणना कार्यालय इलामका कार्यालय अधिकृत मनोजराज भट्टराईले इलाममा आर्थिक गणना प्रभावकारी भएको बताएका छन् । पहाडी पूर्वका पहाडी क्षेत्रको ताप्लेजुङ,पाँचथरमध्ये इलाममा ४५ जना गणक,छ जना सुपरिवेक्षक तथा कार्र्यालयमा छ जना कर्मचारी खटाइएको छ भने पाचँथरमा २२ जना गणकलर सुपरिवेक्षक तीन जना खटाइएको छ । यस्तै ताप्लेजुङमा १८ जना गणक र तीन जना सुपरिवेक्षक खटाइएको छ । पर्यटकीय तथा कृषि,चिया तथा दुग्ध उत्पादन बढी हुनाले चिया फ्याक्ट्री,कृषि तथा दुग्ध उत्पादक सहकारी,डेरी लगायत अर्थ सम्बन्धी कारोबार हुने क्षेत्र भएकाले इलाममा सबैभन्दा धेरै आर्थिक प्रष्ठिान रहेको तथ्यांकमा उल्लेख छ । इलाममा अनुमानित नौ हजार सात सय प्रतिष्ठानको फारम आइसकेको छ । यस्तै तथ्यांक विभाग पाँचथरका कर्मचारी गुरुप्रसाद पोख्रेलका अनुसार पाँचथरमा अनुमानित पाँच हजार दुई सयका तथ्यांक गणना गरिसकिएको छ । ताप्लेजुङका व्यवस्थापन सुपरिवेक्षक गणेशमान श्रेष्ठका अनुसार चार हजार चार सय ८० को हाराहारीमा तथ्यांक संकलन भईसकेको छ । अढाई महिनाको समयमा गरिएको आर्थिक गणना नौ हजार सात सय प्रतिष्ठान को गणना गरिएको अनुमान रहेको छ । इलामको दश स्थानीय तहहरुमध्ये इलाम नगरपालिका र दास्रो सूर्यादय नगरपालिकामा आर्थिक प्रतिष्ठानहरु बढी रहेको तथ्यांकमा उल्लेख छ । गणनाको कार्य अन्तिम चरणमा पुगेकाले सबै संख्या भने आउन केही दिन लाग्ने छ ।

तथ्याक ऐन २०१५ अनुसार देशको सम्पूर्ण भूभाग समेटेको प्रथम राष्ट्रिय आर्थिक गणनाको मुलुकभरको अन्तिम नतिजा भने एक वर्षभित्रमा आउने र यसले मुलुकका सम्पूर्ण तहको लेखा प्रणालीलाई समेट्ने छ ।