भद्रपुर । श्रम पसिना बगाएर बुढी आमा, छोरा छोरी र श्रीमती पाल्दै आएका कचनकवल गाँउपालिका ३ स्थित दुर्गा भिट्टा का ३५ बर्षीय युवा टीकाराम भण्डारीको परिवार सङ्टमा परेको छ । २०७५ बैशाख १० गते कचनकवल ६ का तीर्थ दाहालको घरमा काम गर्ने क्रममा करेन्ट लागेर अपाङ् बनेपछि जीवनमा मजदुरी गरेर परिवार पाल्न नसक्ने भएका कारण सङ्टमा परेका हुन् । रङ लगाउन दाहालको घरमा गएका टिकारामलाई विद्युत प्रशारण केन्द्र बनियानी बजार स्थित मूल लाइन हाइटेन्सनको तारबाट करेन्ट लागेको थियो । दाहाल परिवारको ३ तले घर हाइटेन्सन लाइनसित जोडिएको थियो । घर मालिकले विद्युत काटिएको भन्दै रङ लगाउन पीडित टिकाराम लगायत अन्य मजदुर खटाएका थिए । विद्युत प्रवाह भइरहेको थाहा नपाएका टिकाराम काम गर्ने क्रममा सक्त घाइते मात्र हुनु परेन जीवन नै मरणमा पुर्याउन बाध्य भए । उनको जीवन मजदुरीका क्रममा सँगै रहेका मित्र यादव भट्टराईले कपडाले बेरी करेन्टबाट छुटाएकाले मृत्युको मुखबाट बाच्न त सफल भए तर उपचार वापत लागेको १५ लाख बढी रकम तिर्न धन सम्पत्तिले नपुग्ने भएपछि थप पीडामा परेका छन् । भण्डारीले आफने दुवै हात गुमाएपछि उनीसंग आश्रित परिवारको बिजोग हुने भएको छ । दुवैहात काटिएपछि तिघ्राको छाला काटेर दाहिने हात, पेट र दाया खुट्टामा लगाइएको छ । काम लगाउने दाहाल परिवारले पीडित भण्डारीलाई सहयोग गर्न आनकान गरेपछि स्थानीय संघ संस्था, व्यक्ति तथा छरछिमेकीले जुटाएको सहयोग रकमले नपुगेर विभिन्न व्यक्ति र वित्तिय संस्थाबाट ऋण लिएर बाच्न त सफल भए तर थप उपचारका लागि लाग्ने २ लाख र ऋण रकम तिर्ने आधार नभएपछि थप संकटमा परेका छन् । बैशाख २४ गते पीडितलाई जानकारीनै नदिई निश्चल दाहालले १ लाख रकम भण्डारीको खातामा पठाएको पछिमात्र थाहापाएको पीडितका भाइ डेविट भण्डारीले बताए । समस्या समधानको लागि गाउपालिका र जिल्ला प्रहरीमा निवदेन हालेर पटक पटक छलफल भएपनि दाहाल परिवार सहमतीमा आउन नचाहेको उनको भनाइ छ । हाइटेन्सन तारमा पाइप हाल्ने काम विद्युत प्राधिकरण र घरधनीको लापरबाहीले घटना भएको पीडित टिकारामले आरोप लगाएका छन् । मेरो जीवन सकिएकोले मेरा नावालक सन्तान,श्रीमती र आमाको जीवन निर्वाहको लागि स्थानीय सरकारको सुनुवाई होस भन्ने मेरो इच्छा रहेको उनले बताए । पीडितको जिविका चलाउन र छोराछोरीको पठनपाठनका लागि दाहाल परिवारसँग १० लाख रुपैया क्षतिपूर्ति दिलाउन माग राखेको उनको भनाई छ । पछिल्लो समय बनियानी बजार क्षेत्र असुरक्षित बन्दै गएको छ । बजार क्षेत्रमा अग्ला घर तथा भवन निर्माण हुन थालेपछि घरसंगै जोडिएर लगिएका सडक छेऊका हाइटेन्सन बिजुलीको तारले सो क्षेत्र असुरक्षित बन्दै गएकोले यस्ता घट्नहरु भइरहेका छन् । बजार क्षेत्रबाटै हाइटेन्सन बिजुलीको तार लगिएपछि ६ महिनाको अवधिमा बनियानी बजारमा तीन जना मजदुर करेन्ट लागेर घाइते भएका छन् । गत असोजमा दाहालकै निर्माणाधिन घरमा प्लाष्टर काम गरिरहेका सोही बिजुलीको तारबाट करेन्ट लागेर कचनकवल गाउँपालिका ६ का ३० बर्षिय बासिलाल राजवंशी र २५ बर्षिय मोहन राजवंशी घाइते भएका थिए । एउटै घरमा दुई पटक मजदुरलाई करेन्ट लाग्दा समेत सम्बन्धित घरधनी र निकायले यसतर्फ कुनै चासो नदेखाउँदा लापरवाही बढन थालेको स्थानीय बताउँछन ।