धरान ब्लाष्ट । पूर्वको सुन्दर नगरी भनेर चिनिने धरान उप–महानगरपालीका यतीबेला स्थानिय व्यायापारीका कारण कुरुप बन्दै गइरहेको छ । उप–महानगरपालीकाले यतिबेला भानुचौकदेखी छाताचौकसम्म रेलिङ लगाउँदै रेलिङमा गमला राखी फुल रोपेर महेन्द्रपथलाई सजाइरहेको छ भने महेन्द्रपथमा रहेको पार्किङको समस्यालाई समेत व्यवस्थापन गर्ने बताइरहेको छ ।

तर  स्थानीय व्यापारीहरु उपमहानगरपालीकाको यो कार्यको पूर्ण बेवास्ता गर्दै उपमहानगरपालीकाले राखेको रेलीङ मै डोरी बाँधी फुटपाथलाई नै अतिक्रमण गर्ने गरी त्रिपाल टागी फुटपाथलाई नै व्यापारीक प्रयोजनमा ल्याएका छन् ।

व्यापारीहरुको यो असभ्य व्यावहारले नगरलाई त कुरुप बनाएको छ नै फुटपाथमा हिड्ने पैदल यात्रुले पनी सास्ती खेप्दै आएका छन् । यसै विषयलाइ लिएर ब्लाष्ट खबरडटकमले यो भिडियो रिपोट तयार पारेको हो ।

https://youtu.be/dj5p0oqq8ZE