ताप्लेजुङ। ताप्लेजुङको सिरिजंघा गाउँपालिका– खेवाङमा पहिरोले एक घर पुरेको छ । शुक्रबार रातीको वर्षापछि शनिबार बिहान सात बजे पहिरो जाँदा मान बहादुर लिम्बुको घर पूर्ण रुपमा पुरोको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

बिहान घरमा कोहि नभएको समयमा पहिरो आएकाले मानविय क्षति भने भएको छैन । १० मिटर माथिबाट पहरो झरेको थियो । भाडा वर्तन, लत्ता कपडा, अन्नपात र अन्य सामानहरु नष्ट हुँदा ९ लाख ३७ हजार वरावरको क्षति भएको प्रहरीको सञ्चार शाखाले जनाएको छ । घर पहिरोले पुरेपछि लिम्बुको आठ जनाको परिवार छिमेकी जीत बहादुर लिम्बुको घरमा बसेका छन् ।  सोहि पहिरोका कारण स्थानिय चन्द्र वहादुर विक, ताराविर विक, इन्द्र प्रसाद दाहाल, ओम प्रकास साम्यू, नैन वहादुर लिम्बू र धन वहादुर गौतमको घर समेत पहिरोको उच्च जोखिममा रहेको स्थानियले वताएका छन् ।