पाँचथर ब्लाष्ट। राष्ट्रिय गौरवका आयोजना निर्माण कम्पनीको ढिला सुस्तीका कारण अलपत्र बन्दै गईरहेका छन । सरकारले ठेक्का लिएर लामो समयमा पनि काम नगर्ने ठेकेदारलाई कारभाही गर्ने बताउदै आएको समयमा पाँचथरको सुःखा ग्रस्त क्षेत्र कुम्मायक गाउँपालिकामा संचालित तमोर लिफ्ट खानेपानी आयोजनाले भने तिब्रता पाएको छ । देशकै लिफ्टटिङ प्रबिधिको एक मात्र ठुलो तमोर लिफ्ट खानेपानी आयोजनाले सन्तोश जनक प्रगति हाँसील गरेको छ । २०७५ साल बैसाख सम्ममा सम्पन्न गर्नु पर्ने आयोजनाको ७० प्रतिशत काम सम्पन्न भईसकेको निर्माण कम्पनीले जनाएको छ । आयोजनाको ३० प्रतिशत मात्रै काम बाँकी रहेकाले असोज महिना सम्ममा तमोर नदिको पानी संचालन गर्ने तयारीमा रहेको निर्माण कम्पनीका सन्तोश बस्नेतले बताए । हामीले आयोजनाको कामलाई गति दिनको लागी निर्माण स्थलमा १७५ जना कामदारहरु एकै साथ खटाएका छौ । आयोजनामा आवश्यक पर्ने सबै किसिमका कर्चापदार्थहरु तयारी अबस्थामा छन । बस्नेतले भने । उनि भन्छन् । निर्माण कम्पनीलाई उपभोत्ता समिति र स्थानियको ठुलो सहयोग छ । जनश्रmमदानको ३६ किलोमिटर बितरण पाईपलाईनको काम बाँकी छ, समितिले यसलाई पनि चाडै अघिबढाई दिए निर्माण कम्पनीलाई काम चाडो सम्पन्न गर्न थप उर्जा मिल्छ । बिभिन्न बिकाश निर्माणको काममा निर्माण कम्पनी प्रति स्थानियको आक्रोश हुने गर्दछ, तर कुम्मायक गाउँपालिकामा भने, निर्माण कम्पनीको काम प्रति स्थानिय सन्तुुष्ट छन । आयोजनाको ११ वटा पानी रिजर्व गर्ने ट्याङकी मध्ये हाल सम्म ९ वटाको काम पुरा गरेको छ । भने बाँकी रहेका दुई ट्याङकीको काम पनि अन्तिम पुगेको छ । निर्माण स्थलमा पानी तान्न प्रयोग हने ७ वटा पंम्प प्रयोग हुने र ९ वटा गार्ड हाउस समेत निर्माण भएका छन । आयोजनाको मुख्य पाइपलाईनको १८ किलोमिटर मध्ये ८ किलोमिटर बिस्तार भएको छ । त्यस्तै बितरण लाईनको १९३ किलोमिटर मध्ये १५३ किलोमिटर बिस्तार भईसकेको छ । १८ किलोमिटर सम्म पानी पंम्प गर्नका लागी ११ के.भि.ए बिधुत खपत हुने छ । बिधुत लाईनको लागी दुईसय वटा भन्दा बढि बिधुतिय पोल प्रयोग हुने निर्माण कम्पनीले बताएको छ । कुम्मायक गाउँपालिकामा तीन हजार ४३ घरधुरीमा सोही संख्यामै मिटर जडाको काम समेत अघिबढाएको निर्माण कम्पनीले तोकीएको समय अगावै तमोरको पानी बस्ती सम्म पु¥याउने लक्ष्य लिएको छ । बिधुतिय प्रबिधिबाट लिफ्ट गरेको पानी प्रति सेकेण्ड २० देखी ३० लिटर सम्म संकलन हुने जनाइएको छ ।