इलाम । इलामका विभिन्न स्थानहरुको बजार अनुगमनमा अधिकांश पसलहरुमा म्याद गुज्रिएका पेय पदार्थ पाइएको छ । बुधबार सूर्योदय नगरपालिकाकी उपमेयर दुर्गादेवि भट्टराईको सयोंजकत्व साथै जिल्ला प्रशासन कार्यालय, प्रहरी चौकी फिक्कल,नगर उद्योग वाणिज्य संघ सूर्योदय,वडा कार्यलय लगायत सञ्चारकर्मी समेतको टोलीको संयुक्त अनुगमनमा गर्मी महिनामा अधिकाशं पेय पदार्थ म्याद गुज्रिएको पाइएको छ ।

अढाई महिनाको म्याद हुने कोकाकोला,फेन्टा लगायतका पेय पदार्थहरु पसलमा भित्रिदै म्याद गुज्रेर आउने व्यापारीहरु बताउन् भने जिल्ला प्रशासन कार्यालय इलामले भने व्यापारीको चेतना कमी भएका कारण सामग्री भित्रिने गरेको जनाएको छ । सूर्योदय नगरपालिकाको मुख्य बजार फिक्कलमा म्याद नागेका ५० बोत्तल कोकाकोला नस्ट गरिएको हो । यसअघिका इलाम बजारकोे अनुगमनमा पेप्सी,जुस,स्प्राइट,फ्रुटी लगायतका गर्मीमा प्रयोग हुने म्याद नाघेको पेय पदार्थ नस्ट गरिएको थियो । यस्तै भूजिया,कुरमुरे,विस्कुट लगायतका अन्य खाद्य सामग्रीहरु म्याद नाघेका पाइन्छन् । जिल्ला प्रशासन कार्यालय इलामका निमित्त प्रशासकीय अधिकृत देवीचरण फुयेलका अनुसार बजारमा तरकारी,फलफुल,मिठाई तथा होटलका खानेकुराहरुमा भने सुधार रहेको बताए । तरकारी तथा फफुल बाहिरबाट भित्रिने भएकाले विक्रेतालाई समेत जानकारी छैन।हेर्दा राम्रो दखिने ताजा तरकारी क्रमशःपहेँलो हुने,कुहिने गरेकाले विषदी प्रयोग भएको भन्ने अनुमान मात्र गर्न सकिने बताउछन् । इलामका सबै स्थानीय तहहरुमा समेत बजार अनुगमन गर्दै आएको तर तत्काल उपकरण प्रयोग गरेर भने अनुगमन गर्न नसकेको र कुन खाद्य सामग्री कति उपयोगी रहेको पत्ता लगाउन नसकेको बताए । माछामासु पसल,मिठ्ठाई पसलमा भने सफासुघरमा ध्यान दिनुपर्ने बताए ।

उनले भने “मूल्य वृद्धि तथा पेट्रोलियम पदार्थको भने अनुगमन गरिएको छैन, असहज अवस्थामा बाहेक अन्य समयमा तेल उपलब्ध गराउन आयलनिगमलाई जानकारी गराइएको छ । आकस्मिक र नियमित रुपमा बजार अनुगमन गरिने भएकाले अनियमित कार्य गर्नेलाई कारबाही गरिने छ ।”