पानवारी । भारतीय जनता पाटीका नेता पप्पु पटेल माथी गोली बिहीबार दिउँसो गोली प्रहार भएको छ । नेपालको सिमावर्ती बजार जोगवनी इन्द्रनगर–९ मा पटेलमाथी लागुऔषध कारोबारीले गोली प्रहार गरेको बताइएको छ । उनलाई जोगवनीको रेल्वे स्टेशन अगाडी गोली प्रहार भएको प्रहरीले बताएको छ । उनलाई लागुऔषध कारोबार गर्नेहरुले गोली प्रहार गरेको खुलेको छ । भारतीय बजारबाट नेपालको पूर्वी क्षेत्रमा लागुऔषध कारोबार गर्ने समुहले गोली प्रहार गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । गोली प्रहारबाट सख्त घाईते भएका पटेललाई विराटनगर स्थित नोबेल मेडिकल हस्पिटलमा उपचार हुन नसकेपछि उपचारको लागी धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको हो । उनलाई स्थानीय तहमा लागू औषधको कारोबार गर्ने कुन्दन यादव र पल्टु यादवको समुहले गोली प्रहार गरेको स्थानीयको भनाइ छ । पटेलको दाहिने छातीमा गोलीले छेडेर बाहिर निस्केको छ भने दायाँ कम्मर र पिठ्यु गरी ४ ठाउँमा गाली लागेको प्रतिष्ठान प्रहरीले बताएको छ । उनको अहिले विपि कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित इमरजेन्सी वार्डमा उपचार भइरहेको र उनी बोल्न सक्ने अवस्थामा रहेको प्रतिष्ठानका चिकित्सकलाई उदृढ गर्दै प्रतिष्ठान प्रहरीले जनाएको छ ।