पथरी । मोरङको पथरीशनिश्चरे नपा–१ स्थीत पथरी हस्पिटलको लापारवाहीले १८ महिने बालकको ज्यान गए पछि हस्पिटल तनाबग्रस्त बनेको छ । अस्पतालमा न्याय खोज्दै पुगेपछि पीडित परिवारलाई हस्पिटलका एक जिम्मेवार व्यक्तिले अभद्र व्यवहार गरेपछि अस्पतालमा तनावको स्थिति उत्पन्न भएको थियो । तनाव भएपछि आक्रोसीत माहोलले उनिमाथि हातपात समेत गरेका थिए । सोमबार साँझ पथरीशनिश्चरे–३, सुन्दरी चौकका १८ महिने सोहान राई उपचारको क्रममा मृत्यु भएपछि पथरी हस्पिटल आफ्न्तले घेराउ गरेका थिए । मृतक सोहान राईको शव पथरी हस्पिटलमा राखेर उनिहरुले सत्यतथ्यको छानबिनको माग गरेका छन् । हस्पिटलको फिजिसियन डाक्टर सौरव आचार्यले चेक जाँच गरेको कारण र हस्पिटलको लापारबाहिले बच्चको मृत्यु भएको भन्दै सत्यतथ्य सार्वजानिक गर्न उनिहरुले दवाव दिएका छन् । यहि सत्यतथ्य नआए शव नउठाउने बच्चाको आमा स्वस्तिका राईले बताईन । घरमा सामान्य ज्वरो आएपछि वच्चालाई उपचारका लागि नगरमा रहेको पथरी हस्पिटलमा गत आइतवार उपचारका लागि भर्ना गरिएको थियो । हस्पिटलमा भर्ना गरेपछि डाक्टरले सामान्य ज्वरो, एम्युनिया र रगतमा खरावी देखिएको भन्दै हस्पिटलमा नै उपचार सम्भव हुने बताउदै वच्चाको स्वास्थ्य परिक्षण गर्दै आएका थिए । तर हस्पिटल भर्ना गरिएको २४ घण्टा नपुग्दै वच्चाको सोमवार दिउँसो नाकमा रगत आएको र केहि समय पछि मुखवाट रगत वान्ता हुन थालेपछि उपस्थित भएका वच्चाका आफ्न्तहरु आतिन थालेपछि अस्पताल प्रसाशनका एक जिम्मेवार व्यक्तिले उच्च तामक्रमका कारण बच्चाको नाकबाट रगत आएको हुन सक्ने भन्दै आफै सफा गर्दै आतिनु नपर्ने बताउदैँ राखेको आफन्तहरु बताउँछन । त्यस पछि बच्चाले मुखवाट रगत वान्ता गर्न थालेपछि भने हस्पिटलले थप उपचारका लागी विराटनगरको नोवेल मेडिकल कलेजमा रिफर गरेको बच्चाकी आमा स्वास्तिका राईले बताइन । बच्चाको स्थीति नाजुक भएपछि थप उपचारको लागी नोवेल अस्पतालमा उपचार गराउने क्रममा त्यहाँ कार्यरत चिकित्सकहरुले समय गुर्जिसकेको बताउँदै बच्चाको मृत्यु भएको सुनाए पछि बच्चाका आफ्न्तमा शोकाकुल भएको थिए । त्यस पछि सोमबार साँझ आफ्नो १८ महिनाको मृतक बच्चा सोहान राईको मृत्य शव लिएर पथरी हस्पिटल पुगेका थिए । यस विषयमा इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टरले यस विषयलाई छलफल गरी समस्याको सामधान गर्नु पर्ने बताए ।