इटहरी/ व्यापारिक मार्ग विस्तार आयोजना अन्तरगत बिराटनगरको रानीदेखि इटहरी हुदै धरानसम्मको ६ लेन सडक विस्तार मनपरी मापदण्डले भईरहेको आरोप लागेको छ । सडक केन्द्र रेखाबाट दायाँवायाँ २५र२५ मिटर चौडाइमा ६ लेन सडक विस्तार हुनुपर्ने मापदण्ड भए पनि विराटनगर र दुहवी क्षेत्रको सडक विस्तारकै आधारमा इटहरीमा पनि सडक विस्तार हुनु पर्ने इटहरीका केहि अगुवाहरुले माग राखेका छन ।

२०४६ साल पश्चात राजनैतिक स्वार्थका कारण तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदार दुहबीमा र स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको समयमा विराटनगर नगरपालिका क्षेत्रमा सडक सीमा घटाएर १५र१५ मिटर बनाइएका थिए । तर इटहरी चौकमा भने सडकको केन्द्र देखि २५ र २५ मिटर सडक बनाउँन लागेको भन्दै इटहरीका केहि अगुवाहरुले भने विराटनगर र दुहवीकै चौडाईको आधारमा बाटो विस्तार गर्नु पर्ने इटहरीका अगुवाहरुले माग गरेका हुन ।

इटहरीका स्थानीय राजु थापा इटहरी चौकमा मात्र हैन विराटनगर,दुहवी,खनार अद्यौगिक क्षेत्रमा एकै हिसाबले सडक विस्तार हुनु पर्ने माग गरे । दुहवी र विराटनगरमा सानो र इटहरी ठुलो सडक हुदा ब्यापारीक सडक विस्तारको अर्थ नहुने भन्दै दुहवी र विराटनगरकै आधारमा सडक विस्तार हुनु पर्ने उनले तर्क गरे । ब्यापारीहरुको तर्फबाट बनेको संर्घष समितिका संयोजक केशब सिटौलाले इटहरीमा आएर ६ लेन सडक ठुला बनाउँनुको अर्थ नभएको वताए । विराटनगरको रानी देखि सुरु भएको ६ लेन भनिएको सडकको चौडाई इटहरी सम्म बराबर हुनु पर्छ उनले भने । विराटनगर,दुहवी,खनार क्षेत्रमा त्यही बाटो ५५ फुट चौडाई हुने इटहरी बजार आएर साडे ८२ किन बनाउँने ? सिटौलाको प्रश्न थियो । ५५ फुट चौडाई भएको बाटो विस्तारमा अहिले पनि इटहरीमा कुनै समस्या नभएको भन्दै एउटै योजनाको सडक सानो ठुलो बनाउँनु हुदैन सिटौलाले थपे ।

आँपगाछीका स्थानीय अगुवा राजेन्द्र बजगाईले ६ लेन सडक विस्तारमा खेलाची भईरहेको वताए । सडक विस्तारमा आँपगाछी आसपासको क्षेत्रमा कतै साडे ८२ कतै ६५ मात्र सडक विस्तार भएको आरोप लगाए । सडक विस्तार योजनाले जनतालाई झुक्याउँदै सडक निमार्ण गरेको भन्दै सडक निमार्णमा खेलाची नगर्ने समेत सुझाब दिए । जनतालाई बुझाउँने काम समेत आयोजनाले नगरेको उनको भनाई थियो ।

यता सडक विस्तार आयोजनाका इन्जिनियर सुबोध पोखरेलले भने विराटनगर र दुहवीमा मन्त्रिपरीषदको निर्णयले बाटो सानो बनाएको जनाउँदै इटहरीमा पनि सरकारले ५५ फुट चौडाईकै बाटो बनाउँन निर्देशन दिए आफुहरु त्यही अनुरुप काम गर्न जनाए । हामी त सरकारको सेवक हुँ मन्त्रीपरीषदले निर्णय गरेर ५५ फुटको बाटो बनाउँ भने त्यही अनुरुप बनाउँछौ पोखरेलले भने । इटहरी चौक देखि तरहरा सम्म साडे ८२ फुट चौडाईकै बाटो बन्ने उनको भनाई थियो । अहिले तरहरा आपँगाछी हलगडा क्षेत्रमा साडे ८२ फुट चौडाईकै बाटो बनिरहेको उनको भनाई थियो । ् मुअब्जाको लफडा छैनः आयोजना मुअब्जाको लफडा अहिले नभएको सडक विस्तार आयोजनाले जनाएको छ । तत्कालीन पञ्चायत सरकारको पालामा राजमार्ग (निर्माण व्यवस्था) ऐन, २०२१ अन्तर्गत २०२१ साल फागुण ११ गतेको सूचना बमोजिम जोगवनी विराटनगर धरान सडकको सडक सीमा सडक केन्द्र रेखाबाट दायाँवायाँ २५र२५ मिटर कायम गरिएको थियो । त्यती बेला तत्कालीन श्री पाँचको सरकारले जस्को ५० प्रतिशत जग्गा जान्छ त्यसले १५ दिन भित्र मुआब्जाको प्रोसेस गर्नु पर्ने र १६ औ दिन भित्र २०२१ साल फागुन २६ गतेबाट कसैले मुअब्जा दावी गर्ने पाईदैन भनिएको छ आयोजनाका इन्जिनियर सुबोध पोखरेलले वताए । जग्गा प्राप्ती ऐन २०३४ को २३ ले यस भन्दा अगाडी कानुन अन्तरगत लिएको जग्गाको केसमा सोही ऐन बमोजिम हुने लगत कट्टा नभएको भए पनि लगत कट्टा सरह मानिने छ भनिएको छ । सडक विभाजित गर्ने क्रङ्किटका डिभाइडरको संरचनासँगै सडकको दुवैतिर बिरुवा रोपेर हरियाली पारिने योजना रहेको छ । सडकसँगै पैदल यात्रीका लागि फुटपाथ र ढलसमेत रहने योजना छ । तर मुख्य बजार क्षेत्रमा भने जग्गा अभावले गर्दा हरियाली नहुने र फुटपाथ पनि साँघुरो हुने सम्भावना बढेको देखिन्छ ।