इटहरी/ आईतबार मध्य राति आगलागी हुदा इटहरी करीब ३ करोडको क्षति भएको छ । राति साडे १२ बजे इटहरी ६ मा रहेको दुई वटा कपडा पसल जलेर नष्ट हुदा करीब ३ करोड बराबरको क्षति भएको हो । इटहरी ६ स्थित रामप्रसाद काफ्लेको घरमा रहेको इटहरी बस्ने मगदराज श्रेष्ठ र समुन्द्र राईले संचालन गरेको कपडाको होलसेल पसलबाट भित्रबाट आगो सल्किन गई आगलागी भएको थियो । आगलागीको एकीन कारण खुल्न नसके पनि रातको समयमा पसलहरुको सटर बन्द रहेको र आगो भित्रबाट सुरु भएकोले विद्धुत शर्ट भएर आगलागी हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर राजन कार्कीले बताए । आगो नियन्त्रणको लागी इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी, इटहरी उपमहानगरपालिका, इनरुवा न.पा., मोरंगको सुन्दरहरैचा न.पा. र धरान न.पा.को गारी ५ वटा दमकल र स्थानीय बासीको सहयोगमा राती करीब २ बजे आगो नियन्त्रणमा आएको थियो मानविय क्षति भएन कार्कीले भने ।