[caption id="attachment_71262" align="aligncenter" width="960"] फायल फोटो[/caption]

मोरङ /मोरङको पथरीशनिश्चरेस्थित पथरी रंगशालामा शनिवारबाट सुरु भएको पहिलो सिएम कङ्गदम्वा १ नम्वर प्रदेश स्तरिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा व्लु स्टार क्रिकेट क्लव विराटनगर विजयी भएको छ ।

उद्घाटन् खेलमा विराटनगरले वेलवारी क्रिकेट क्लवमाथी ६९ रनको जित हासिल गरेको हो । टस हारेर गरेको विराटनगरले निर्धारित १५ ओभरको खेलमा ४ विकेट गुमाएर १६२ रनको पारी खेलेको थियो । विराटनगरका लागि ३२ वलमा ५५ रन हानेका मुन्ना मेन्डीज खेलको म्यान अफ दि म्याच वने ।

विराटनगरका सिदान्त कटुवालले ३५, विधान गोस्वामीले १४, कुन्दन यादवले ११ र फिरदोस अन्सारीले २३ रन वनाए । वेलवारीका निश्चल वुडाथोकीले ३ विकेट लिए भने अमित भगतले १ र सचिन कटुवालले १ विकेट लिए । १ सय ६३ रनको लक्ष्य लिएर मैदान आएको वेलवारीले १५ ओभर खेल्दै ७ विकेट गुमाएर ९३ रन वनायो । जसमा दिपेश सुवेदीले ६१ रन वनाए भने रविन खडका ले २२ रन वनाए भने अन्य खेलाडीले दोहरो अंकको स्कोर वनाउन सकेनन ।

पथरीशनिश्चरे क्रिकेट क्लबको आयोजना तथा एभरेष्ट अंग्रेजी आवासीय माविको मुख्य प्रायोजनमा हुने खेलको १२ गते फाइनल हुनेछ । एभरेष्ट माविका संस्थापक कन्दङ्वाको योगदानलाई स्मरणीय वनाइराख्न आयोजना हुने प्रतियोगिताको विजेतालाई ३५ हजार र उपविजेतालाई २० हजार नगद सहित कप, मेडल प्रदान गरिने छ । प्रतियोगितामा १ नम्वर प्रदेशका १४ टीमको सहभागिता रहेको क्लबका अध्यक्ष अरुण राईले जनाए ।