किरात प्रदेशको मागमा केही संशय

alt लेखकः अकलबहादुर मेन्याङ्बाे
  • बैशाख ११, २०७५
  • २८ पटक पढिएको
  • ब्लाष्ट खबर

सङ्क्षिप्त इतिहासः अरूण नदी र सप्तकोशी नदीपूर्व टिष्टा नदीसम्म, उत्तरमा तिब्बत सिमाना, दक्षिणमा भारतको जलालगढ (जोगबनीबाट ६५ किमि दक्षिण), पश्चिममा कमला नदी र चौदण्डी, यी चार किल्लाभित्रको भू–भाग दश याक्थुम्बाहरूको अधीनमा भएको इतिहासविद् इमानसिंह चेम्जोङद्वारा लिखित ‘किरातकालीन विजयपुरको सङ्क्षिप्त इतिहास’ ले प्रष्ट पारेको छ । साथै, अङ्ग्रेज र फ्रान्सेली इतिहासकारहरू (जस्तैः हेमिल्टन, हड्सन, पर्सिभल, ई–गानलगायत भारतीय इतिहासविद् एच.सी.रोय चौधरी) ले पनि उक्त भूमि याक्थुम्बाहरूको भएको उल्लेख गरेका छन् । यो भूभाग १८३१-४-२२ मा मोरङ साम्राज्यको राजधानी विजयपुरमा भएको ऐतिहासिक सन्धिपछि गोर्खा राज्यमा समाहित भयो । उक्त भू–भागलाई भारत वर्षका तत्कालीन अङ्ग्रेज शासकहरूको मानचित्रमा ‘गोर्खा इम्पायर’ का रूपमा देखाइएको थियो । यसबाट पनि उक्त विशाल साम्राज्य याक्थुम्बा तथा लिम्बूहरूको भएको बुझिन्छ । गोर्खा राज्यसित सन्धि हुँदा जलालगढ मोरङ साम्राज्यको सिमाना तथा गढ थियो । त्यस भू–भागभित्र १० सान मकवान सरदारहरूका केही सन्ततिहरू पनि बस्ने गरेको इतिहासले देखाउँछ । जलालगढको अनुसन्धान गर्न किरात याक्थुङ चुम्लुङले विसं २०६३ मा एक उच्चस्तरीय अनुगमन टोली खटाएको थियो । उक्त टोलीमा लिम्बू मुन्धुमविद् येहाङ लावती, लेखक कमल तिगेला र वरिष्ठ पत्रकार भवानी बरालहरू थिए । टोलीको प्रतिवेदनअनुसार जलालगढ शहरभन्दा एक किमि पूर्वमा प्राचीन यक्थुङ्बाहरूको गढ तथा जलालगढका भग्नावशेषहरू भएको र त्यहाँ उपस्थित वृद्धहरूले जानकारी दिएअनुसार उक्त गढमा नेपालका राजा त्रिभुवनको पालासम्म दैनिक पूजा हुन्थ्यो । कारण, भारतीय हिन्दूहरूले नेपालका राजालाई विष्णु भगवान्को अवतार मान्दथे ।

[caption id="attachment_80698" align="alignleft" width="497"] अकलबहादुर मेन्याङ्बाे[/caption]

लिम्बुवानमा अन्य जातिको प्रवेश १८३१-४-२२ मा गोर्खा राज्यले लिम्बूहरूसित सन्धि गर्दा वर्तमान लिम्बुवानका ९ जिल्लाभित्र अरूण नदीभन्दा पश्चिमबाट बसाइँ सरी आएका केही मझिया (खम्बू) बस्ती भएको बुझिन्छ । याक्खाहरू र लिम्बूहरू लिम्बुवानमा सँगै आएको जानकार लिम्बूहरू बताउँछन् । हाल धनकुटामा बसोबास गर्ने आठपहरिया (आठाप्रे) हरू लिम्बूहरूमा जेठो मानिन्छ । उनीहरूको धर्म, संस्कार ८० प्रतिशत लिम्बूहरूसित मिल्छ । लिम्बूहरूमा अन्य जातिलाई चोक्फुङ गरी आप्mनो जातमा ल्याउने चलन थियो भने आठपहरियाहरूले पनि साम्मेत् विधिबाट अन्य जातिलाई आप्mनो परिवारमा समावेश गर्ने चलन थियो । इतिहास अध्ययन गर्दा १८६४ पछि अरूण पारिबाट बसाइँ सरी आएका मझियाहरूलाई कालान्तरमा राई भनी सम्बोधन गर्न थालिएको अनुमान छ तर आठपहरियाहरूले आठाप्रे लेख्नुपर्नेमा कारणवश राई लेख्ने चलन बस्यो । लेखक बमबहादुर राईद्वारा विसं २०५५ मा प्रकाशित पुस्तकका अनुसार राजा पृथ्वीनारायण शाहले १८३० साल साउनमा मझियाहरूलाई लालमोहर प्रदान गरे । त्यसअनुसार उनीहरूलाई यसप्रकार सम्बोधन गरी पत्र लेखेका थिए– हिजो मझवाली राजाको भलो सेवक थियौ, आज यो देश हाम्रो अम्बल भयो भनी लदासिङ थुलुङ सिं माझिया, पावा माझिया, साङला माझिया, दलुङवा माझिया, थुप्पु माझिया, पाठक माझिया र सोजित माझियाहरूलाई पत्र लेखि पठाए । राजा पृथ्वीनारायण शाहले पनि उनीहरू किरात हो भनेको पाइँदैन । माझियाहरूले कहिलेबाट राई लेख्न थाले ? लेखक बमबहादुर राईले प्रष्ट पार्ने प्रयास गरेनन् । राई शब्द कहिले र कसरी प्रयोग हुन थाल्यो, यो इतिहासको खोजको विषय बनेको छ ।

राई समुदायको लिम्बुवानमा प्रवेश विसं १८६४ मा राजा गीर्वाणयुद्धविक्रम शाहले राज्यसत्ता सम्हालेपछि पहिलोपटक राजाले किरात शब्द प्रयोग गरेको पाइन्छ । लेखक दुर्गाहाङ याक्खा राईद्वारा लिखित ‘ब्राह्मणवादविरुद्ध जनजाति र उत्पीडक’ पुस्तकअनुसार गोर्खा राज्यविरुद्ध १८६४ मा दत्तु पाठक, पशुपति जैसी, पिताम्बर जैसी, राजभक्त पाठक, प्रसाद जैसी, भगीरथ ढुङ्गानाहरूलाई चारपाटे मुडी देश निकाला गरी बाँकी अटलसिं खत्री, राजा अटल राय, मनखसी राय, केदवीर राय, यामुन्सा राय, सुगा राय, दोलसी राय, नरी बस्नेत, कन्कसी घर्ती, धिजे घर्ती, बन्धु घर्ती र गजसी घर्तीहरूलाई काट्नू भनी सेनापति काजी रञ्जित पाण्डे, भीमसेन थापा, बहादुर भण्डारी, बालनरसिं कुँवरहरूले साथमा फौज लिएर किरात तथा मझिया भूभागका विद्रोहीहरूलाई दमन गर्न आदेश पाई विद्रोही कुम्ल्याहरूलाई पतन गर्न आए । उनीहरूका सारा परिवारलाई राजधानी ल्याई कमारा–कमारीका रूपमा बिक्री गर्न आदेश दिएका थिए । गोर्खा फौजले मझियाहरूलाई (किरात) दमन, अत्याचार र हत्या तथा आतङ्क मच्चाउन थालेपछि हतुवागढी वरपरबाट ठूलो सङ्ख्यामा मझिया तथा रायहरू जन्मभूमि त्यागी अरूणपूर्व लिम्बुवानमा बसाइँ सरे । लिम्बुवानमा उनीहरूले सहज रूपमा प्रवेश मात्र पाएनन्, विभिन्न ठाउँहरूमा बसोबास गर्ने अनुमतिसमेत पाए । किपटिया हुन नसके पनि उनीहरूले किपटियासरह बस्न पाए र उनीहरूलाई आप्mना जातीय धर्म आदि सहजरूपमा मान्न सुबाङ्गीहरूले उनीहरूबाटै थरी नियुक्त गर्ने चलन थियो । हाल लिम्बुवानमा बाहुन–क्षेत्रीबाहेक राईहरूको सङ्ख्या दोस्रो स्थानमा छ । लिम्बुवानमा राईहरूको सङ्ख्या बढ्नुको कारण धरानमा ब्रिटिस क्याम्प स्थापित हुनु हो । अहिले धरान उपमहानगरपालिकामा बसेर किरात प्रदेशको चर्को माग गर्ने किरात बन्धूहरू माझकिरात (भोजपुर, ओखलढुङ्गा, दिक्तेल) बाट विसं २०१४ पछि आएका हुन् । लिम्बुवानमा बसोबास गर्ने राई समुदायभन्दा चर्को स्वरमा उनीहरूले लिम्बुवान किरात प्रदेशको माग गर्नुको कारण सायद उनीहरूलाई लिम्बू तथा लिम्बुवानको इतिहास थाहा नभएको हुनुपर्छ वा थाहा भएर पनि लिम्बूहरूको अस्तित्व तथा इतिहासलाई समाप्त गर्न ब्राह्मण शासकसित सहकार्यमा जुटेको अनुभूति लिम्बूहरूलाई हुन थालेको छ । हाल धरान उपमहानगरपालिकामा बसोबास गर्ने २८ हजार राईहरूमध्ये २० हजारभन्दा बढी अरूण पारिबाट आएका हुन् ।

याक्थुम्बा हाङहरूलाई राय उपाधि इतिहासअनुसार विजयपुरमा राजधानी बनाई मोरङ साम्राज्यमा शासन गर्ने साङ ला इङका सन्तान विजयनारायण रायले बङ्गाल देशका महाराजाहरूको प्रभावमा हिन्दू मत ग्रहण गरेपछि उनलाई राय पदबाट सुसज्जित गरियोे । रायको अर्थ राजा तथा रजौटा हो । सेनको अर्थ पनि उस्तै हो । विजयनारायण रायले १६४१ मा शासन हातमा लिएपछि आपूmलाई महाराजा घोषित गरे । उनले पहाडका दश हाङहरूसित सन्धि गरे । उक्त सन्धिअनुसार दश हाङहरूले पालैपालो विजयपुर दरबारमा आई चौतारिया (प्रधानमन्त्री) को हैसियतमा महाराजालाई सहयोग गर्नुपर्ने नियम महाराजा विजयनारायण राईले बसाले । त्यो प्रथा १८३१÷४÷२१ सम्म कायम रह्यो । १८३१÷४÷२२ मा गोर्खा राज्यसित भएको सन्धिपत्रमा हस्ताक्षर गर्न वरिष्ठ हाङहरूमध्ये श्री श्री सुन राय, खुङ राय, जङ्ग रायहरूले हस्ताक्षर गरेलगत्तै शेरिङ राय, आतहाङ राय, देव राय, रैनसिं राय, शुभन्त रायले सन्धिपत्रमा हस्ताक्षर गरे । यही राय शब्द अपभ्रंश भई राई हुन गयो । लिम्बुवानका राय तथा हाङहरूले मात्र राय शब्द प्रयोग गरेको इतिहासमा पाइन्छ । तर केही लेखकहरूले उक्त राय शब्दलाई राई लेख्ने गरेको पाइन्छ । अरूण किनारमा गोर्खा फौजसित युद्ध गर्ने चैनपुरका राजा जयकर्ण रायका योद्धाहरूमा साङबोट राय, तेसाक्पा राय, काङ्सोरे राय, मानजित राय, मोते राय र वीरजीत रायहरू पनि यक्थुङ्बाहरू हुन् ।

१८३१ को सन्धि र स्वायत्तताको माग लिम्बुवान स्वायत्तता माग १८३१-४-२२ को सन्धिको पहिलो आधार हो । ऐतिहासिक सन्धिले लिम्बूहरूलाई पूर्ण स्वायत्तता प्रदान गरेको थियो । यस अर्थमा उनीहरूको माग नयाँ होइन । उक्त सन्धि आज पनि यथावत् छ, रद्द भएको छैन । उल्लङ्घन भने पूर्ण रूपमा भएको छ । उक्त सन्धिको आधारमा लिम्बुवान स्वायत्त राज्यको माग गरिएको हो । एकीकृत नेपाल साम्राज्य विस्तारको क्रममा राजा पृथ्वीनारायण शाहले लिम्बूहरूसित मात्र लिखित ऐतिहासिक सन्धि गरेका थिए । तर दुर्भाग्यवश, १८३२ मा भएको गोर्खा राज्यविरुद्ध विद्रोहमा १८३१ को सन्धिमा हस्ताक्षर गर्ने राजाहरू गोर्खा राज्यतिर लागे भने सन्धिमा हस्ताक्षर नगर्ने याङ्वरकका राजा हिलिमहाङतिर लागे । त्यसकारण लिम्बूहरू विभाजित भए । युद्धमा गोर्खा राज्यको जित भयो । राजा हिलिहाङ र उनका सिक्किमे सहयोगीहरू लिम्बुवान त्यागेर भागे । राजा हिलिहाङ पनि सिक्किम पुगे र १८४२ मा गोर्खाहरूका गुप्तचरमार्पmत् उनको हत्या भयो । युद्ध समाप्त हुनासाथ झोसपोल हुन थालेर सिक्किमपट्टि लाग्ने लिम्बूहरूलाई खोजी–खोजी पक्राउ गर्दै हत्या गर्न थालिएपछि ठूलो सङ्ख्यामा लिम्बूहरू मुलुक छोडी भागे । तर अटल राय तथा उनका सहयोगी रैती तथा समर्थकहरूले लिम्बुवानमै बसोबास गरे, समृद्धि र प्रसिद्धि कमाए भने हिलिहाङको हारका कारण आज भारतमा छ लाखभन्दा बढी लिम्बूहरू आप्रवासीका रूपमा बसेका छन् ।

लिम्बुवानलाई किरात प्रदेशको माग  आदिमकालदेखि विशिष्ट इतिहास बोकेका लिम्बुहरूको ऐतिहासिक (यक्थुङ्बा थलो) यक्थुङम्बादेनलाई उनीहरूको राय तथा सहमति बेगर किरात प्रदेश बनाइएमा अथवा किरात प्रदेशमा गाभिएमा उनीहरूले कदापि स्वीकार गर्ने छैनन् । दरबारिया ब्राह्मण र पुरोहितहरूको सल्लाहअनुसार १८३१÷४÷२२ को सन्धि १८४३ बाट उल्लङ्घन गर्न थालियो । सोही समयबाट मूलधारका लिम्बूहरूले यसको विरोध गर्न थालेका हुन् । शाही आदेशको उल्लङ्घन गरेको आरोप लागेका भाषाविद् श्रीजङ्गा दोस्रो सिक्किम पलायन भए । अनदेखा रूपमा गरिएको हत्या र दमनबाट प्राण बचाउन हजारौँ लिम्बूहरू विदेश पलायन भई कयौँ शहीद भए । उनीहरूको माग तथा विद्रोह सफल नहुनुको मूल कारण फुटाएर शासन गर्ने शासकहरूको नीति नै हो । लिम्बुवानमा सुबाङ्गी प्रथा लागू भयो । लिम्बूहरू केन्द्रीय शासकका स्थानीय प्रतिनिधि शासकका रूपमा प्रयोग गरिएका कारण सुबाङ्गी प्रथा लिम्बूहरूका लागि अत्यन्त घातक सावित भयो । २०४६ र २०६२÷०६३ का ऐतिहासिक जनआन्दोलनपछि पनि लोकतन्त्रका नाममा लिम्बूहरूबीच गहिरो फुट तथा विभाजन खडा गर्न ब्राह्मण शासकहरू सफल भए । त्यसबाट लिम्बूहरूको ऐतिहासिक माग ओझेलमा प¥यो भने निकै ठूलै सङ्ख्यामा लिम्बूहरू विभिन्न राजनीतिक दलका झोले, कोदाले, डोके र अङ्गरक्षकका रूपमा प्रयोग भइरहेका छन् । उनीहरूले पद र स्वार्थमा मातृभूमि र पहिचान अप्रत्यक्ष रूपमा शासकहरूलाई बिक्री गरिसकेका छन् । तर अब उदाउँदो नयाँ पुस्ताका लिम्बू युवा भने त्यसै चुप लागेर बस्ने छैनन् । मङ्गोल बादशाह जन्जीत खाँका सन्तति भारत वर्षका मङ्गोल बादशाह अकबरले मुस्लिम धर्म ग्रहण गरेपछि उनी मङ्गोल बादशाहबाट मुगल बादशाहमा परिणत भए । त्यसपछि विश्वबाट मङ्गोल बादशाह समाप्त भए । बादशाह जन्जीत खाँका नाति चीनका बादशाह कुबलाई खाँ चिनियाँ नागरिक बनेपछि चीनबाट पनि मङ्गोल शासन समाप्त भयो । यसरी विगतका बादशाहहरूको गलत नीतिका कारण वंश नै अन्त्य भयो भने नेपाल तथा लिम्बुवानका लिम्बूहरू भने आप्mनो अस्तित्व, मातृभूमि, संस्कार र संस्कृतिलाई ब्राह्मणवादको झोलामा हाल्न कदापि तयार छैनन् ।

राई र लिम्बूहरूबीच धार्मिक तथा सामाजिक भिन्नता यी दुई समूह बाहुन र क्षेत्रीहरूजस्ता एकै धार्मिक समूहका होइनन् । उनीहरूबीच रहेको समानता भनेको चेप्टो नाक, चिम्सो आँखा (lSenting Eye), होचो तथा पुड्को कद, जोशिलो, रमाइलो, मिलनसार स्वभाव, गहुँगोरो रङबाहेक अरू समानता छैन वा पाइँदैन । कुनै पनि जातिलाई समृद्ध बनाउन जातीय धर्म, संस्कार र संस्कृतिको अत्यन्त महŒव हुन्छ । राई र लिम्बूहरूबीच यसैमा फरक छ । लिम्बूहरूले मूल देउताका रूपमा तागेरा निङफुमाङलाई मान्छन् र उनीहरूको सृष्टिकर्ता पोरोक्मी यम्फानीमाङ हो । कुल देउता तथा देवीका रूपमा युमा माङलाई पुज्छन् भने राई समुदायले पारुहाङ–सुम्निमालाई आप्mनो सृष्टिकर्ता मान्छन् । उनीहरूसित लिपि छैन । लिम्बूहरूको भाषा वा लिपि एउटै छ भने राई समुदायमा २८ भन्दा बढी भाषा बोलिन्छन् । राई समुदायमाझ पनि कर्मकाण्ड र रीतिरिवाजमा एकरूपता पाइँदैन । यस्ता अलग–अलग समूहलाई रङको आधारमा एकै प्रदेशमा समाहित गर्न खोज्नु दुई समूहबीच राजनीतिक, सामाजिक द्वन्द्व गराएर त्यसको फाइदा आपूmले लिने शासकहरूको निकृष्ट उद्देश्य हो । राई र लिम्बू समुदायले समयमै बुभ्mन नसके त्यसको नतिजा कालान्तरमा भयङ्कर हुने निश्चित छ । राई तथा खम्बू बन्धूहरूले लिम्बू तथा यक्थुम्बाहरूको मागलाई सम्मानजनक समर्थन गर्न अब ढिलो गर्नु हुँदैन । तर विडम्बना के देखिन थालेको छ भने किरात प्रदेशबाट आएका राई बन्धूहरू लिम्बुवानको अस्तित्व तथा इतिहास मेटाउन लागिपरेका छन् । यसतर्पm लिम्बूहरू सचेत छन् । यदि उहाँहरू लिम्बुवानी हुन अनिच्छुक भए माझकिराँत तथा खम्बुवान प्रदेशको माग गर्नु उचित होइन र ? त्यसतर्पm गम्भीर हुने समय आएको छ । यदि लिम्बूहरूसित अहिलेको बन्धुत्वलाई अझ प्रगाढ बनाउने हो भने वा रहर भए यो १ नं. प्रदेशलाई ‘लिम्बुवान खम्बुवान’ तथा ‘किरात लिम्बुवान’ नामकरणको माग गर्न किन हिचकिचाइरहेका छन् । इतिहासको साँधमा उभिएका लिम्बूहरू यी दुवै प्रस्तावमा छलफल गर्न तयार हुन सक्छन् । (लेखक लिम्बू इतिहाससम्बन्धी खोज तथा अनुसन्धानकर्ता हुन् ।)

कार्यवहाक मेयर भण्डा ...

धरान / जनसहभागितामा धरान–१५ स्थित बाँझगरा मा ...

‘नेपाल आइडल’को फाइन ...

धरान  / सिङगिङ रियालिटी शो ‘नेपाल आइडल& ...

धरानमा मोटरसाईकल दुर ...

धरान / धरान–१२ स्थित नेपाल टेलिकम कार्यालय अगाडी ...

निःशुल्क सीप परीक्षण ...

धरान /  सरकारले विदेशमा विभिन्न सीप सिकेर फर्केक ...


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved