विराटनगर । प्रदेश १ को ‘विनियोजन विधेयक २०७४’ सर्वसम्मतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको दोस्रो बैठकले उक्त विधेयक सर्वसम्मतले पारित गरेको हो । सदनमा सांसदहरुले आ–आफ्ना धारणा राखेपछि विनियोजन विधेयक सर्वसम्मतले पारित भएको थियो । सभामुख प्रदिपकुमार भण्डारीको आग्रह अनुसार सदनमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले ‘विनियोजन विधेयक २०७४’ पारित गरियोस भनि प्रस्ताव पेश गरेका थिए । मन्त्री आङ्बोले प्रदेश नम्बर १ को प्रदेश सभा नियमावली २०७४ को नियम ११८, १२ बोमोजिम उक्त विधेयक सदनमा प्रस्ताब पेश गरेका थिए । लगतै सभामुख भण्डारीले उक्त बिधेक सर्वसम्मतले पारित भएको घोषणा गरे । विधेयक संसदबाट पारित भएसँगै प्रदेश सञ्चित कोषबाट खर्च गर्ने अधिकार, विभिन्न निकाय, मन्त्रालय तथा सचिवालयले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गर्न सक्ने व्यवस्था रहेको छ ।