गत शनिबार सम्माननिय उप राष्ट्रपती नन्दबहादुर पुनको उपस्थितीमा धरान नगर सरकारका प्रमुख तारा सुब्बा र इलाम नगर सरकारका प्रमुख महेश बस्नेतले ‘धरान–इलामको भगिनी सम्बन्ध’सुरुवात गरे । भगिनी सम्बन्ध जोड्न तयार गरिएको समझदारी पत्रमा दुवै स्थानिय सरकारका प्रमुखले इलाम सदरमुकाममा रहेको टुडिखेलमा आयोजीत भब्य समारोहमा हस्ताक्षर गरे । दुबै सरकार प्रमुखले गरेको यो कार्य स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ उपदफा (ट) अनुसार ‘अन्तर स्थानीय तह वित भगिनी सम्बन्ध स्थापना र विस्तार गर्न सक्ने’ ब्यबस्थाको प्रतिफल हो ।एक अर्काले चाहेका तिब्र बिकासको रुप हो । धरान उपमहानगरपालिका र इलाम नगरपालिका पर्यटकीय दृष्टिबाट विश्वमै परिचित ऐतिहासिक महत्व बोकेका नगरहरु हुन । धरान नगर नेपालकै प्रशिद्ध जनसहभागिताको सहर हो भने नेपालको सबैभन्दा पुरानो ऐतिहासिक चिया बगान रहेको इलाम नगरपालिका पनि विश्व सामु हरितनगरको रूपमा पहिचान बनाउँदै अगाडि बढ्दै गरेको नगर हो । भगिनी सम्बन्धले सामाजिक, सांस्कृतिक, आर्थिक तथा मानवीय विकास भई विविध क्षेत्रबाट फाइदा हुने र यसबाट आर्थिक समृद्धितर्फ लाग्न सकिने विश्वासका साथ दुवै नगरले सम्बन्ध जोडेका छन् । दुबै नगरले ‘आपसी सिकाइ र अनुभव आदान प्रदान गर्दै, स्रोत साझेदारी (मानव संशाधन, भौतिक, आर्थिक) को माध्यमबाट दुबै नगरपालिकालाई समृद्ध बनाउने’साझा लक्ष्य बोकेका छन् ।यो लक्ष्य त्यतिबेला पुरा हुन्छ जतिबेला समझदारी पत्रमा उल्लेख भएका बुदाहरु निरन्तर कार्यान्वयनमा रहन्छन् । दुर्व नगरले तयार पारेको समृद्धीको आधार पक्षमा पर्यटन विकास, कृषिमा आधुनिकीकरण, व्यावसायीकरण,संस्थागत सिकाइ आदान प्रदान, भाइचारा तथा भातृत्व विकास, युवा तथा खेलकुदको आदान प्रदान,स्वास्थ्य सेवामा पहुँच, शिक्षाको गुणस्तरीय विकास, व्यापार विविधिकरण,साँस्कृतिक आदान प्रदान,तथा यातायात सम्पर्क, विस्तार र सुधार गर्ने पक्षलाई जोड दिएका छन् । समझदारी भएका बिषयहरु क) दुबै न.पा.का पदाधिकारी सम्मिलित संयुक्त समिति गठन गरी प्रत्येक ६–६ महिनामा बैठक बस्ने, कार्य योजना तयार गरी कार्यान्वयन गर्ने। (ख) प्रस्तुत सम्झौता पत्रको उद्देश्य प्राप्तिका लागि संयुक्त रूपमा सहकार्य गर्न आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरी बजेट समेतको व्यवस्थापन मिलाई सहयोग आदानप्रदान गर्ने । (ग) यस सम्झौता पत्रको उद्देश्य प्राप्तिका लागि सम्बन्धित सरकारी निकाय तथा स्थानीय तह बीचमा समन्वय गर्ने एवम सरोकारवाला सरकारी, गैर सरकारी तथा निजी क्षेत्रसँग समन्वय गर्ने, सहयोग प्राप्त गर्ने । (घ) यस सम्झौता पत्रमा उल्लेख नभएका कुराहरूको हकमा दुबै न.पा. का पदाधिकारी रहेको संयुक्त समितिको बैठकमार्फत आपसी समझदारी अनुसार गर्ने । (ङ) यस संझौताले सिर्जना गरेको संयुक्त समितिको कार्यबिधि समिति आफैले बनाई संझौता भएको मितिले १ महिना भित्रमा बैठक बसी विषयगत कार्य योजना तथा ढाँचा तयार गरी कार्यान्वयन गर्ने । (च) यो समझदारीमा हस्ताक्षर भएको मितिले १० वर्षम्म मान्य हुनेछ । आपसी समझदारीबाट सम्झौताका बुँदाहरू परिवर्तन तथा अवधि थप गर्न सकिनेछ । धरान र ईलामको सार्वजनिक निजि साझेदारी विकासका लागि एक विज्ञ प्रतिनिधी मण्डल गठन गरी उद्योग, वाणिज्य, व्यापार, शिक्षा, पर्यटन, स्वास्थ्य लगायत विषयमा अवधारणा तयार गरिनेछ । उदेश्य प्राप्तिका लागि दुबै नगरले अवलम्बन गर्ने क्रियाकलाप क.इलाम नगरपालिका र धरान उपमहानगरपालिका बीच अनुभव आदानप्रदान, प्रविधि हस्तान्तरण तथा क्षमता अभिबृद्धि गर्ने । ख.इलाम नगरपालिका र धरान उपमहानगरपालिकाको राम्रा पक्षहरूलाई अनुकरणका लागि अध्ययन अनुसन्धान गर्ने, यस कार्यका लागि विश्व विद्यालयस्तरमा कार्यक्रम बनाई कार्यान्वयन गर्ने । ग.विकास अभियानमा वातावरण तथा पर्यटनमैत्री विकास प्रयासलाई आत्मसात गर्ने । घ.विपद् व्यवस्थापन कार्य योजना बनाई सोको कार्यान्वयनमा सहयोग आदान प्रदान गर्ने । ङ.आ–आफ्नो क्षेत्रका जनताको जीवनस्तर उकास्ने कार्यमा सवल पक्षहरूलाई उपयोग गर्ने । च.आ–आफ्नो क्षेत्रका शैक्षिक, सामाजिक, आर्थिक विकासमा संलग्न संघसंस्थाहरू बीच आपसी मित्रताको लागि समन्वय गर्राई क्षमता विकासका लागि क्षमता विकास योजना बनाउने । छ.क्षमता विकास योजना बनाउँदा नगरपालिका कर्मचारीको मात्र क्षमताको योजना नभई नगरपालिकाको करदाता समेतको क्षमता विकास हुने गरी समग्र क्षमता विकास योजना कार्यान्वयन गर्ने र सोको लागि वर्षोनी बजेट विनियोजन गर्ने । ज.इलाम र धरान बीच मित्रताको स्वरूपलाई अझ गाढा र जीवन्त बनाई सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य लगायतका विविध क्षेत्रको विकासमा ध्यान दिई हरेक पक्षबाट समृद्धिको स्तर प्रवर्द्धन गर्न प्रयत्नशील रहने । झ.धरान उपमहानगरपालिकाको स्वास्थ्य संस्थाको ईलाम नगरपालिकामा रहेका स्वास्थ्य संस्थाको बिचमा विशेषज्ञ आदान प्रदान लगायत कार्यमा समन्वय र सहयोगको वातावरण बनाउन पहल गर्ने । ञ.इलाम र धरानलाई विश्वको एउटा आकर्ष र सुविधायुक्त पर्यटकीय गन्तव्यको रूपमा प्रचारप्रसार गर्ने, प्रारम्भिक चरणमा आन्तरिक पर्यटन प्रर्बधनका लागि एक आपस जोडिने गरी भ्रमण प्याकेज तयार गर्ने र सो भ्रमण प्याकेज कार्यान्वयनमा सहयोग गर्ने साथै भ्रमण प्याकेज कार्यान्वयनका लागि संस्थागत नीति तथा कार्यबिधि तयार गरी लागू गर्ने । ट.इलाम र धरानमा सार्बजनिक निजी साझेदारीको अवधारणालाई प्रयोग गरी विकास अभियानमा निजी क्षेत्रको सहभागिता अभिबृद्धि गर्ने । ठ.धरान उपमहानगरपालिकाको नेतृत्वमा रहेको पूवाञ्चल क्षेत्रीय अध्ययन केन्द्र (सङ्घीय संरचना अनुसार नाम परिवर्तन भए, सोही नाम प्रयोग गरिने) को क्षमता अभिबृद्धि गर्ने । ड.साईकल पर्यटन गन्तव्यको रुपमा धरान देखि ईलाम सम्मको पहाडी मार्गलाई सदुपयोग गरी भ्ऋइ त्यगचष्कm को विकास गर्ने। ढ.पहाडी मार्गमा यातायात विस्तार गर्न आवश्यक सहकार्य गर्ने । ण.ईलाम र धरानको साँस्कृतिक विकासका लागि सरोकारवाला संस्था समेतको सहभागितामा कार्य गर्ने। त.ईलाम र धरानको शैक्षिक संस्थाको सम्बन्ध विस्तार गर्ने । थ.युवाहरुको भाईचारा वृद्धि गर्न खेलकुद तथा अन्य अतिरिक्त कृयाकलापहरु संचालन गर्ने। द.उद्देश्य प्राप्तिका लागि गरिने कार्यहरु आपसी समन्वय सहकार्य र लगानीबाट सम्पादन गर्नका लागि एक विधान तयार गर्ने र सो विधान दुवै नगरपालिकाबाट स्विकृत गरी लागु गर्ने । यी समझदारीहरुले स्थानीय तहहरु सवलहुन एक अर्कासँग सहकार्य गर्न तयार भएको देखाउछ । सम्भवतः स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार जोडिएको यो भगिनी सम्बन्ध नेपालकै पहिलो सम्बन्ध हो । त्यस कारणपनि अन्य स्थानीय तहले यो सम्बन्धपछि दुबै स्थानीय तहले के उपलब्धि प्राप्त गरे भन्ने बिषलाई नजिकबाट निहालि रहेका हुन्छन् । यो सम्बन्धको उपलब्धीको रुपमा अन्य स्थानीय तहलेपनि आफुअनुकुल भगिनी सम्बन्धहरु स्थापित गर्न सकुन । धरान र इलामको सम्बन्ध अन्यले अध्यन गर्ने अबस्थामा पुग्नु आवश्यक छ ।