धरान/गल्फ लुब्रिकेन्ट्सको आधिकारिक बिक्रेता नेपाल ल्युव आयल लिमिटेडले सोमबार वार्षिक उपहार योजना वितरण गरेको छ । [caption id="attachment_54873" align="alignnone" width="979"] तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption] वार्षिको उपहार योजना अन्तर्गत अरुण पेट्रोलियमले सबैभन्दा बढी आयल खरिद गरेवापत ३५० सिसीको बुलेट बाइक प्राप्त गरेको छ । पेट्रोलियमका सञ्चालक गोपाल श्रेष्ठलाई चावी हस्तान्तरण गरिएको छ । कम्पनीले धरानबाट यसवर्षको उपहार योजना वितरण सुरु गरेको जनाएको छ । कम्पनीले यसवर्ष खरिद गर्ने रिटेलरहरुलाई लेनेभो कम्पनीको ल्यापटप, सिजी कम्पनीको एलइडी टिभी, स्टेन फेनलगायत लुब्रिकेन्ट्सहरु प्रदान गरेको छ । धरानमा करिव एकदर्जन बढी रिटेलरहरुलाई उपहार योजना वितरण गरेको हो । कम्पनीले कुपन योजना र वार्षिक योजनाको कार्यक्रम ल्याएको छ ।