skill

२०३८ साल बैशाख २६ गते इटहरीको आँपगाछीमा जन्मिएका पृथ्वीराज पराजुली एक दशकभन्दा बढी अष्ट्रेलियाको प्राविधिक शिक्षा दिने सरकारी निकाय टेफमा पढाएर नेपाल फर्किएका छन् । नेपालबाट अष्ट्रेलिया जाँदा आप्mनो देश छाडेर पढ्न र कमाउनका लागि विदेश जानु पर्दाको पीडालाई शक्तिमा बदलेर भविष्यमा नेपालमा सबैलाई सक्षम र दक्ष बनाउने अठोट लिएका थिए । दशकभन्दा बढी अष्ट्रेलिया बसेर जब नेपाल फर्कने सोच बनाए, त्यसबेला उनले सोचेका थिए अब मजस्ता युवालाई शिक्षित बनाउँछु, स्वरोजगार बनाउँछु र वैदेशिक रोजगारमा जाने युवालाई सीप लिएर मात्र विदेश जाने बनाउँछु । उनले कल्पना गरेका छन्– सबैको साथ र सहयोग पाइयो भने केही वर्षभित्र विदेशीहरु सीप सिक्न नेपाल आउने छन् ।  स्कुल पढ्दा दुःखेको मन

मेरा बाबा आमाले जसोतसो मलाई बोर्डिङ स्कुलमै पढाउनु भयो । त्यसबेला बोर्डिङ स्कुल पढ्नु भनेको निकै ठूलो कुरा थियो । मेरो स्कुलको पढाइ कहिल्यै कमजोर भएन । त्यसबेला इटहरीको आँपगाछीबाट बोर्डिङ स्कुल पढ्ने दुईजना मात्र थियौं । कक्षा ५ सम्मको पढाइ सकेर म अर्को स्कुलमा गएँ । मलाई अहिलेपनि याद छ कक्षा ६ देखि १० सम्म पढ्दा स्कुलको शुल्क तिर्न नसकेर धेरैपटक बाहिर बसेको छु । स्कुल पढ्दा नै मेरो मनमा शुल्क तिर्न नसकेर साथीहरुको अगाडि उभिनुपर्दा मन नराम्रोसँग दुख्यो । त्यसबेलानै मेरो मनमा कुराहरु खेल्थ्यो– ‘म जस्ता कति होलान स्कुलको शुल्क तिर्न नसकेर बाहिर उभिने ।’

काठमाण्डौ यात्रा

एसएलसीपछि मैले दीपेन्द्र प्रहरी स्कुल काठमाडौंमा पढें । त्यसबेला एसएलसी पास गरेपछि निकै ठूलो मान्छे भएको भान हुन्थ्यो । अब मेरो पढाइ सकियो भन्ने ठानेर मैले पढाइ छाड्ने मनस्थिति बनाएको थिएँ । तर बाबाआमा र आफन्तहरुको कारण मैले फेरि पढाइ शुरु गरें । दीपेन्द्र प्रहरी स्कुलमा मैले विज्ञान विषय पढें र राम्रै अङ्क ल्याएर पास पनि भए ।

होटल म्यानेजमेन्टमा आकर्षण

२०५३ सालतिरै मेरो बुबाले मेरै नाममा इटहरीको घरमा पृथ्वी गेष्ट हाउस खोल्नु भएको थियो । कक्षा १० सम्म पढ्दा म प्रायः होटलमैं हुन्थे । त्यसबेलादेखिनै होटललाई कसरी ‘स्ट्यान्डर’ बनाउन सकिन्छ भनेर मेरो मनमा कुराहरु खेल्थे । काठमाडौं गएपछि मैले होटलको बारेमा खासै जानकारी राख्न पाइनँ । हामीले २० वर्षपछि २०७३ सालमा होटल बन्द पनि गर्नुप¥यो । स्वीजरल्याण्डबाट होटल म्यानेजमेन्ट पढेर आउनुभएका एकजना अङ्कलसँग चिनाजान थियो । अङ्कलले पढ्दा खेरी खिच्नु भएका फोटाहरु देखाउनु हुन्थ्यो, अनुभवहरु सुनाउनु हुन्थ्यो । त्यही कुराले नै मलाई होटल म्यानेजमेन्ट पढ्नै परो भन्ने सोच आयो । फेरि आप्mनो बाबाको होटललाई राम्रो बनाउने सोच पनि थियो । त्यही कारणले मैले ब्याचलर नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टमा गरें । ब्याचरल पढ्दापढ्दै मेरा शिक्षकहरुले मलाई तिमीले अब पढाउनु पर्छ भन्दै हौसला दिन थाल्नु भयो । २०५९ सालदेखि मैले प्लस टुलाई होटल म्यानेजमेन्ट पढाएँ । दुई वर्ष मैले होटल म्यानेजमेन्ट पढाएपछि होटल म्यानेजमेन्टबारे झन् अध्ययन गर्ने सोच आयो ।

 पुस्तक प्रकाशन

२०५९ सालमा भर्खरै होटल म्यानेजमेन्ट प्लस टु लेभलमा पढाइ हुन थालेको थियो । ब्याचरल सक्नासाथ प्लसटुलाई पढाउनु पर्ने भएकाले त्यसबेला पर्याप्त पुस्तकहरु थिएन । त्यसबेलानै मैले प्लस टुलाई लक्षित गरेर टेक्स बुक इन होटल म्यानेजमेन्ट भन्ने पुस्तकपनि प्रकाशन गरेको थिएँ । त्यसबेला कोर्षबुक छुट्टै ननिस्किएकाले मेरो पुस्तकलाई प्रायःले रिफ्रेन्स बुकको रुपमा प्रयोग गरेका थिए । एशिया पब्लिकेशनले प्रकाशन गरेको त्यो पुस्तक धेरै नै बिक्री भएको थियो । मैले पनि त्यो बेला झण्डै पाँचवटा कलेज पढाएँ, मैले पनि त्यही बुकलाई आधार मानेर पढाएको थिएँ । अहिले पनि त्यो बुक यदाकता भेटिँदो रहेछ । पुस्तक लेख्न र पढाउन मेरा शिक्षकहरुले मलाई खुब हौसला दिनु भएको थियो ।

अष्ट्रेलिया यात्रा

मैले अध्ययन गर्नका लागि जान चाहेको देश अमेरीका थियो । तर चारपटक मेरो भिजा रिजेक्ट भयो । त्यसपछि मैले अमेरीका नजाने नै निर्णय गरें । अब नेपालमा नै केही गर्नुपर्ला भन्ने सोच ममा आएको थियो । तर बुबाले अष्ट्रेलिया पनि पढ्नका लागि राम्रो देश भएकाले प्रयास गर्न भन्नु भयो । मैले अष्ट्रेलियाको लागि भिजा पाएँ र २०६२ सालमा अष्ट्रेलिया गएँ । अष्ट्रेलिया गएर मैले एमबीएको पढाइ सिध्याएँ । गाउँमा हुर्केर शहरमा सङ्घर्ष गर्दै विदेशसम्म अध्ययनका लागि पुगेको मलाई अब चैं मैले आप्mनो लागि र देशका लागि केही गर्नु पर्छ भन्ने सोच झन् बढेर आयो । अष्ट्रेलियामा पढ्दा र त्यहाँको सिस्टम हेर्दा लाग्थ्यो, यदि नेपालमा पनि यहाँजस्तै गर्न सकिन्छ । तर हामी नेपालीहरुमा त्यो चेतना भने आइसकेको थिएन ।

अाफैदेखि शर्म लाग्यो

मैले अष्ट्रेलियामा धेरै नेपालीहरुलाई भेटें । धेरै नेपालीसँग प्लेनमा यात्रा गर्दा भेट भयो । त्यहाँ एक–दुईजना बाहेक कसैलेपनि प्लेनमा कसरी आपूmलाई प्रस्तुत गर्ने भन्ने जानकारी नभएको पाएँ । प्लेनमा खानेकुरा जथाभावी खाने, शौचालयहरु राम्रोसँग प्रयोग नगर्ने, कर्मचारीसँग सुहाउँदो व्यवहार नगर्ने जस्ता व्यवहारहरु देखें । त्यो देखेर सबैले नेपालीप्रति होच्याएर व्यवहार गर्थे । मैले होटल म्यानेजम्यान्ट पढ्दा नै हस्पिटालिटी बारेमा पढेको थिएँ । शायद मलाई त्यही भएर सजिलो भयो । नेपालीहरुले जानेर ती व्यवहारहरु गरेका थिएनन्, उनीहरुले के गर्ने भन्ने नजानेर ती व्यवहार गरेका थिए । त्यसबेला म आपैंmलाई शर्म लाग्याथियो । अब हरेक नेपालीले यस्ता विषयहरुमा किन ख्याल नराख्ने भन्ने सोच पनि आएको थियो । होटलमा खाँदापनि नेपालीहरुलाई खानेकुरा खान नआएको धेरै भेटें । धेरैलाई मैले सिकाएको पनि छु । यदि यो विषयमा नेपालीहरुलाई सिकाउने हो भने त यस्ता सामान्य कुरामा हामी हेपिनु पर्दैन थियो ।

 अष्ट्रेलियामा नौ वर्ष पढाए

अष्ट्रेलियामा गएर मैले त्यहाँको सरकारी निकाय टेफ (सीप र दक्षता प्रमाणित गर्ने निकाय) मा ९ वर्ष होटल म्यानेजमेन्ट र हस्पिटालिटी म्यानेजमेन्टमा पढाएँ । त्यहाँ पढ्नका लागि संसारभरिबाट विद्यार्थीहरु आउँथे । संसारभरिका विद्यार्थीहरु त्यहाँ आउने हुँदा कुन देशको अवस्था (खासगरी सीप र श्रम बजार) को बारेमा राम्रोसँग जानकारी पाएँ । अहिले विदेशतिर बिना सीप र दक्षता हासिल नगरी अन्यत्र काम गर्न पाइँदैन । नौ वर्ष मैले अष्ट्रेलियामा पढाउँदा धेरै विद्यार्थीले मलाई रुचाउँथे । मेरो विषय व्यवहारिक भएकाले उनीहरु मसँग पढ्न खुब रुचाउँथे । टेफमा पढाएर मैले पनि धेरै अनुभव लिएको छु । त्यही कुरा नेपालमा पनि सिकाउन चाहन्छु । त्यसका लागि प्रयास गरिरहेको छु ।

अष्ट्रेलियामा रेष्टुरेन्ट

अष्ट्रेलियामा रहँदा मैले लिटल नेपाल भन्ने रेष्टुरेन्ट चलाएँ । मैले अष्ट्रेलियामा पढाउँदापढाउँदै होटलमा वेटरको काम पनि गरें । त्यहाँ कामको सम्मान गरिन्छ । होटलमा काम गर्दागर्दै एकजना नेपाली सेफ दाइले पार्टनरसीपमा रेष्टुरेन्ट सञ्चालन गरौं भन्ने प्रस्ताव राख्नु भयो । मैले पनि त्यसलाई स्वीकार गरें । पछि लिटल नेपाल भन्ने रेष्टुरेन्ट सञ्चालन गरियो । त्यहाँ पनि नेपालीहरुलाई नै रोजगारी दिए । आप्mनै रेष्टुरेन्टमा पनि म खुब काम गर्थें । मलाई नेपाली साथीहरुले नैे यसलाई त दिनको ४८ घण्टा हुँदापनि समय कम हुन्छ भन्दै जिस्क्याउनु हुन्थ्यो । रेष्टुरेन्टमा नेपाली खाना र परिकारहरु हुन्थ्यो । ढाकाको कपडाहरु ओच्छ्याएर नेपालको मौलिक परिचय दिन हामीले खोजेका थियौं । हाम्रो रेष्टुरेन्ट त्यहाँ खुब चर्चित थियो । पछि धेरै रेष्टुरेन्टहरुले नेपाली ढाकाको कपडा प्रयोग गरेका थिए ।

नेपाल फर्कने सोच

जब मैले होटल म्यानेजमेन्ट र हस्पिटालिटी म्यानेजमेन्टको अध्ययन सकें, त्यसपछि अब आपूmले सिकेको कुरा आप्mनै देशका युवाहरुलाई बाँड्न पाए हुन्थ्यो भन्ने भावना आयो । धेरै नेपालीहरु रोजगारीका लागि विदेश गएका छन् तर सीप नसिकी विदेश जाँदा धेरै नेपालीले दुःख पाएका छन् । दिनको एक–दुईजना नेपाली काठको बाकसमा फर्किरहनु परेको यथार्थ हामीसँग छ । खाडी मुलुकको उखरमाउलो गर्मिमा काम गर्ने नेपालीहरुलाई यदि होटल सम्बन्धी सीप सिकाउन सक्ने हो भने कति राम्रो हुन्थ्यो होला भन्ने मनमा खेलिरहन्थ्यो । आज खाडी मुलुकहरुमा पनि होटलमा धेरै कर्मचारीको माग भएको छ । युरोपियन राष्ट्रहरुमा पनि होटल म्यानेजमेन्ट पढेका कर्मचारीहरु आवश्यक छन् । अब आपैंm व्यवसाय गर्ने र रोजगारीका लागि विदेसिने नेपालीलाई दक्ष बनाएर मात्र विदेश जानुपर्छ भन्ने बुझाउन पनि नेपाल आउने सोच भयो । यो बीचमा मलाई बिबिसीबाट नारायण श्रेष्ठले चलाउने कार्यक्रम साझा सवालले पनि नेपाल फर्कन उत्प्रेरित ग¥यो । साझा सवालमा नारायण श्रेष्ठले खाडी मुलुकमा पुगेर नेपालीहरुको अवस्था प्रशारण गरेका सामग्रीले मेरो मन छोएको थियो ।

नेपाल फर्कंदै सङ्कट

जब म अष्ट्रेलियाबाट नेपाल आएँ, त्यसैबेला नेपालमा भूकम्प गयो, भारतले नाकाबन्दी लगायो । आप्mनो देशमा केही गर्छु भन्ने सोच र उर्जा लिएर आएको मलाई ती कुराहरुले दुःखी बनायो । भूकम्प स्वाभाविक थियो, किनभने त्यो प्राकृतिक विपत्ति हो । तर भारतले नेपालको संविधानलाई लिएर गरेको नाकाबन्दीले चै साँच्चै नै दुःखी बनायो । आज नेपाल आपैंm आत्मनिर्भर थियो भने यो नाकाबन्दीको सामना गर्नु पर्ने थिएन भन्ने यथार्थ अगाडि आयो । सोचें, यसका लागि हरेक नेपालीले श्रम गर्नु पर्छ, देशको अर्थतन्त्रलाई बलियो बनाउनु पर्छ । र यसका लागि हरेक नेपालीको हातमा सीप हुनु पर्छ । म एउटा क्षेत्रमा सीप र क्षमता दिन्छु, अरुले पनि अरु क्षेत्रमा दिनु पर्छ भन्ने भावना आयो । फेरिपनि त्यो समस्या र चुनौतीलाई शक्तिमा बदलेर इटहरीलाई केन्द्र बनाएर अभियान थाल्ने निधो गरें ।

स्कील क्याम्पसको थालनी

इटहरी मेरो गृहथलो भएकाले मैले इटहरीबाटै आपूmले जानेको सीपलाई बाँड्न औपचारिक रुपमै काम थालें । खासगरी होटल म्यानेजमेन्ट र हस्पिटालिटी म्यानेजमेन्टको क्षेत्रमा युवालाई स्वरोजगार बनाउन र विदेश जानेहरुलाई दक्ष बनाउन स्कील क्याम्पस शुरु गरें । यो क्याम्पसलाई मैले अन्तर्राष्ट्रिय स्तरको बनाउनु छ । क्याम्पस शुरु गरेको एक वर्ष भयो, अहिले हामीसँग ३० जना विद्यार्थी हुनुहुन्छ । अब केही महिनाभित्रमा उहाँहरु बजारमा निस्कनु हुन्छ । क्याम्पसलाई सिटिईभिटीले पनि मान्यता दिनका लागि प्रक्रिया शुरु भइसकेको छ । अहिले स्कील क्याम्पसलाई लण्डन च्याम्बर अफ कमर्स एण्ड इन्ड्रष्ट्रिज र स्कटिस क्वालिफिकेशन अथुरिटी  र अमेरीकन होटल एण्ड लजिङ एजुकेशनल इन्टिस्युट ले सर्टिफाईट गरिरहेको छ । मलाई पनि अमेरीकन होटल एण्ड लजिङ एजुकेशनल इन्टिस्युट  ले होटल म्यानेजमेन्टको वैधानिक शिक्षकको रुपमा २०१५ मा प्रमाणपत्र दिएको छ । अहिले स्कील क्याम्पसको परिचय विभिन्न देशहरुमा पनि पैmलिँदै छ । यसलाई मैले अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गराउने प्रयत्न गर्दैछु ।

पैसाभन्दा सीप प्राथमिकता

अहिले म पैसा कमाउने भन्दापनि सीप बाँड्न आतुर छु । मैले चाहेको भए अष्ट्रेलियामै बसेर आवश्यकता अनुसार पैसा कमाउन सक्थें । तर मैले मेरो देशका लागि के गर्न सक्छु भन्ने भूमिका खोजें । आपूmले जानेको सीपलाई बाँड्नु नै मेरो कर्तव्य हो भन्ने ठानेर मैले यो क्याम्पस शुरु गरेको हुँ । देशका लागि मेरो योगदान भनेको मेरो सीप धेरै नेपालीसामु पु¥याउनुनै हुनेछ । क्याम्पस सञ्चालन गर्न खर्च त चाहिन्छ तर लाखौँ रुपैयाँ खर्च गरेर विदेश गएर पढ्न पाउने विषयलाई धेरै सस्तोमा हामीले कोर्ष पढाइरहेका छौं ।

हाम्रा विद्यार्थी बेरोजगार बस्दैनन्

हामीले होटल म्यानेजमेन्ट र हस्पिटालिटीमा नेपाली मात्र हैन विदेशी विद्यार्थीलाई पनि पढाउने सोच बनाएका छौं । नेपाल सहितका छिमेकी देशका विद्यार्थीले नेपालमा होटल म्यानेजमेन्ट पढ्न आउनु पर्छ । आजसम्म हामी पढ्नका लागि विदेश गयौं । अब विदेशीहरुलाई नेपालमा ल्याउन सकिन्छ । यसका लागि हामीले एक अर्कालाई सहयोग गरेरै अगाडि बढ्नु पर्छ । एकले अर्काको खुट्टा तानेर हामी सफल हुन सक्दैनौं । स्कील क्याम्पसमा पढेका कोही पनि विद्यार्थी संसारको जुनसुकै देशमा गएपनि आप्mनो सीप बेचेर बाँच्न र कमाउन सक्छ । स्कील क्याम्पसको आप्mनै भवन र होटल बनाउने पहल भइरहेको छ । विदेशी विद्यार्थी नेपाल ल्याएर पठाउने मेरो सपना छ ।

अरुलाई पनि सिकाउछौ

हामीले अहिले नेपालका विभिन्न ठाउँमा सञ्चालन भइरहेका होम स्टेहरुमा निःशुल्क तालिम दिने योजनापनि बनाएका छौं । हाम्रा विद्यार्थीहरु चाँडै नै विभिन्न ठाउँमा होम स्टेहरुमा पुगेर तालिम दिनेछन् । त्यसका अलावा नेपालका विभिन्न जातजातिहरुको साँस्कृतिक पारिकार र खाना बनाउने विषयमा पनि समुदायमा गएर तालिम दिनेछन् । सीप सिक्दै गर्दा समुदायलाई पनि सीप बाँड्ने हाम्रो अभियान चलिरहेको छ ।

प्रस्तुती -योगेशबाबु काफ्ले