himani

सत्तासिन दल राप्रपा नेपाल र प्रमुख प्रतिपक्षी दल तथा संसदको सबैभन्दा ठुलो दल नेपाली काङग्रेशका उच्च पदस्थ नेताहरुले नै नेपालमा हिन्दु राष्ट्र हुनुपर्ने र राजसंस्था आबश्यक पर्ने बताई रहेका बेला पुर्व राजपरिवारका सदस्यहरु गोप्य रुपमा अन्तराष्ट्रिय हिसाबमा अर्थ राख्नेगरि राजनैतिक भ्रमणमा गईरहेको तथ्य फेला परेको छ । केहि दिन अघिमात्र पुर्व राजा ज्ञानेन्द्र अकस्मात भारत भ्रमणमा पुगेर आई नपुग्दै पुर्व युवराज्ञी हिमानी शाह राजनैतिक भेटघाटका लागि चिन गएको श्रोतले जानकारी दिएको छ । अहिले पुर्व युवराज्ञी हिमानी शाह चिन भ्रमणमा रहेको र चिनले उनलाई उच्च स्वागत गरेको बताईएको छ । हिन्दु राष्ट्र र राजसंस्था ब्युँताउन एक खाले शक्ति लागि परिरहदा भएको यो भ्रमणलाई अर्थपुर्ण तवरले हेरीएको छ ।
कसैले ब्यूँतन्छ भन्छन् त कसैले ब्यूँतदैन भन्छन् । यस्तै हल्ला र चर्चा चलिरहेका बेला छिमेकी मुलुक चीनले पूर्व राजपरिवारतिर आँखा गाड्न थालेको छ ।चीनले औपचारिक रुपमा निमन्त्रणा पठाएर पूर्व युवराज्ञी हिमानी शाहलाई आफ्नो मुलुक लगेको छ । भ्रमणका बेला पूर्व युवराज्ञी हिमानीको चीनले भव्य स्वागत गरेको स्रोतले जनाएको छ ।श्रोतका अनुसार हिमनी सँग चिनका उच्च राजनैतिक ब्यक्तिहरुले भेटघाट गरेका छन् । हिमानी सँग नेपालको राजनैतिक अबस्थाका बारेमा समेत कुराकानी भएको श्रोतले जनाएको छ ।हिमानी सँग स्वकीय सचिव स्मिता सिंह र पूर्वराजा ज्ञानेन्द्र शाहका मिल्ने साथी प्रभाकरशम्शेर राणालगायतको समूह गएको छ ।हिमानीको चीन भ्रमणको मूल उद्देश्य के हो भनेर चीनका साथै निर्मल निवासले औपचारिक जानकारी गराइएका छैनन् । तर, चीनले पूर्वराजपरिवारलाई औपचापरिक निम्तो दिएर बोलाएको श्रोत बताउछ । चिनले औपचारीक निम्तो नै दिएर बोलाउनुको रहस्य ठूलै रहेको हुन सक्ने बताइएको छ ।श्रोतले दिएको जानकारी अनुसार पुर्व राजपरिवारका सदस्यको भ्रमणको ब्यबस्था नेपालका बर्तमान परराष्ट्र मन्त्रि तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले मिलाएका हुन् ।