विजयपुर । झापा क्षेत्र नं. ५ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन् ।
कुल ५१ हजार ६९८ मत गणना गर्दा उनले ३२ हजार ३३६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ८ हजार ५१८ मत प्राप्त गरेका छन् । शाहले २३ हजार ८१८ मतले ओलीलाई पछाडि पारेका छन् । नेपाली कांग्रेसकी मञ्जु कोइरालाले ९३० मत, नेकपाका रञ्जित तामाङले ८३१ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलाले ७३० मत र श्रम संस्कृति पार्टीका समिर तामाङले ५ हजार ४७५ मत प्राप्त गरेका छन् । निर्वाचन कार्यालयका अनुसार कुल ४९ हजार ४८३ सदर मत गणना भएको छ भने २ हजार २२५ मत बदर भएको छ ।
































